Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्ससको ड्यालसमा निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिबिर आयोजना हुँदै

    January 27, 20265 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    टेक्ससको ड्यालसमा निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिबिर आयोजना हुने भएको छ। नेपाली समाज टेक्सस, ड्यालस हेल्थ लायन्स क्लब तथा द मोबाइल मेडिकल केयर युनिटको संयुक्त आयोजनामा उक्त शिबिर सञ्चालन हुन लागेको हो।

    शिबिर यही जनवरी ३१, २०२६ मा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नेपाली पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर, युलेसमा आयोजना हुनेछ।

    समुदायमा प्रोस्टेट क्यान्सरको प्रारम्भिक पहिचान तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिबिर आयोजना गर्न लागिएको ड्यालस हेल्थ लायन्स क्लबकी अध्यक्ष डा. विष्णुमाया उपाध्यायले जानकारी दिनुभएको छ। उहाँका अनुसार शिबिर विशेषगरी ४० देखि ६९ वर्ष उमेर समूहका पुरुषहरूलाई लक्षित गरी आयोजना गरिएको हो।

    शिबिरमा सहभागी हुन पूर्वदर्ता आवश्यक नपर्ने र इच्छुकहरूले वाक–इनका रूपमा सहजै सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। आयोजक संस्थाहरूले समयमै उपस्थित भई निःशुल्क परीक्षण सेवाको लाभ लिन समुदायका सदस्यहरूलाई आग्रह गरेका छन्।

    के हो प्रोस्टेट क्यान्सर ?

    प्रोस्टेट क्यान्सर पुरुषको मुत्राशयको तल्लो भागमा हुन्छ । यसको आकार ओखरको जस्तो हुन्छ र उमेरअनुसार नै यो बढ्न थाल्छ । चिकित्सकहरूका अनुसार ४५ देखि ५० वर्ष उमेरपछि पुरुषलाई प्रोस्टेटसम्बन्धी समस्या आउन सक्छ । अनि हरेक व्यक्तिमा यो समस्या देखिन्छ भन्ने छैन । जब यो बढ्न थाल्दछ, चिकित्सकले पीएसए टेस्ट गर्न सुझाव दिन्छन् । परीक्षणपछि क्यान्सरको शंका लागेमा थप जाँच गराइन्छ । त्यसपछि यसबारे थाहा हुन्छ ।

    अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स दिल्लीमा सर्जिकल अन्कोलोजी विभागका प्राध्यापक रहिसकेका डा. एसवीएस देवका अनुसार उमेर बढ्दै गएपछि यससम्बन्धी समस्या देखिने गरेको छ ।

    डा. विक्रम बरुआ कौशिक आर्टिमिस अस्पतालमा यूरोलोजी प्रमुख हुन् । उनी भन्छन्, “मानिसको औसत उमेर बढेपछि प्रोस्टेट क्यान्सरको समस्या देखिन थाल्छ । तर, जति आंकडा सार्वजनिक भइरहेका छन् । त्योभन्दा संख्या बढी हुन सक्छ ।”

    डा. एसवीएस देव भारतमा क्यान्सर रजिस्ट्रीअनुसार  पछिल्लो एक दशकमा प्रोस्टेट क्यान्सरका बिरामी बढेका छन् । तर, पश्चिमी देशको तुलनामा दुई तीन गुणा कम रहेको छ । उनका अनुसार क्यान्सरको यो तथ्यांक क्यान्सर रजिस्ट्रीबाट आउने हो र हरेक अस्पतालबाट यो सूचना लिइएको पनि हुँदैन । त्यसैले प्रोस्टेट क्यान्सरको अहिलेको तथ्यांकभन्दा बढी हुन सक्छ । प्रोस्टेट क्यान्सरको तथ्यांक किन पनि कम आउँछ भने स्क्रिनिङ कार्यक्रम कम छन् । तर, पश्चिमी देशमा ज्यादा स्क्रिनिङ हुन्छ । यद्यपि यसबाट कतिको मृत्यु भयो भन्ने कुराको आंकलन गर्नु चुनौतीपूर्ण  छ । यसबाट हुने मृत्युका घटनाको रिपोर्टिङ कम मात्रामा हुने गरेको छ ।

    के यो जीवनभरीको समस्या हो ?

    चिकित्सक प्रदीप बन्सलका अनुसार जब—जब पुरुषमा उमेर बढ्दै जान्छ, प्रोस्टेट क्यान्सरको समस्या देखिने गरेको छ । यसको कारण जेनेटिक पनि हुने गरेको छ । शाकाहारीभन्दा मांसाहारीलाई धेरै मात्रामा यो रोग हुने गरेको पाइन्छ । फोर्टिस अस्पतालमा युरोलोजी, रोबिटिक्स एण्ड रिनल ट्रान्सप्लान्ट विभागका निर्देशक डा. बन्सल भन्छन्, “यसको मतलब यो होइन कि शाकाहारीलाई यो रोग नै लाग्दैन ।  धूमपान गर्ने व्यक्तिलाई मुटुको रोग हुने जोखिम धेरै हुन्छ । अनि जो धूमपान गर्दैन, उसलाई पनि मुटुको रोग भइरहेको हुन्छ ।”

    लेन्सेटको रिपोर्टमा ढिलोगरी स्वास्थ्य परीक्षण गर्दा प्रोस्टेट क्यान्सरको समस्या देखिने गरेको छ । विशेषगरी निम्न तथा मध्यम आयस्रोत हुनेले समयमै उपचार नगर्दा क्यान्सरको सामना गर्नुपरेको छ ।

    पोस्टेट क्यान्सरको लक्षण

    परिवारमा प्रोस्टेट क्यान्सरको समस्या छ भने अन्य सदस्यले स्वास्थ्य परीक्षण गराउन चिकित्सकले सल्लाह दिन्छन् । चिकित्सकहरूको भनाइ छ कि प्रोस्टेट क्यान्सरको कुनै लक्षण हुँदैन । चिकित्सकका अनुसार पीएसए लेभल व्यक्तिको उमेर र उसको मोटाइमा निर्भर गर्दछ ।

    अमेरिकी सरकारको आधिकारिक वेबसाइट नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार कुनै सामान्य वा असामान्य पीएसए लेभल हुँदैन । पहिले चार दशमलव शून्य एनजी÷एमएल वा यसभन्दा कमलाई सामान्य मानिन्थ्यो । तर, अहिले देखिएको छ कि जसको लेभल योभन्दा कम थियो उसलाई पनि प्रोस्टेट क्यान्सर देखिएको छ । योभन्दा बढी अर्थात् १० एनजी÷एमएल थियो, उसलाई क्यान्सर देखिएन ।

    चिकित्सकका अनुसार सुरूमा यसको लक्षण देखिँदैन । तर, पटक पटक पिसाब लाग्ने, पिसाबमा रगत मिसिएर आउने जस्ता समस्या भने देखिन्छन् । यसपछि पीएसए टेस्ट गरिन्छ ।

    यसबारेमा डा बन्सल भन्छन्, ‘६० देखि ७५ वर्षका प्रोस्टेटका बिरामीलाई क्यान्सर पत्ता लाग्दछ । यदि त्यो प्रोस्टेटमा मात्रै सीमित छ भने हामी रोबोटिक सर्जरीको सल्लाह दिन्छौं । यसमा १० देखि १५ वर्षसम्म मानिस बाँच्न सक्छ । तर, हड्डीमा फैलिइसकेको छ भने गाह्रो हुन्छ र त्यसको उपचार विधि पनि अलग हुन्छ ।’

    औषधि पाइन्छ ?

    चिकित्सकहरूका अनुसार प्रोस्टेट क्यान्सर रगतको परीक्षणबाट थाहा हुन्छ । प्रोस्टेट बढेको पाइएमा इमेजिङ अल्ट्रासाउण्ड र एमआरआई पनि गरिन्छ । डा एसवीएसका अनुसार सुरुआती चरणमा बिरामीको रोबोटिक सर्जरी हुन्छ र सो भागलाई निकालेर फालिन्छ । यदि स्टेज धेरै भइसकेको छ भने हर्मोनथेरापी गरिन्छ । त्यसपछि बिरामीको अवस्था हेरेर उपचार गरिन्छ । उनका अनुसार प्रोस्टेट क्यान्सरको बिरामी पाँचदेखि १५ वर्षसम्म बाँच्न सक्छ ।

    वंशाणुगत बिरामी

    चिकित्सकहरूका अनुसार यदि परिवारमा यसखालको बिरामी छ भने अन्य सदस्यलाई पनि देखापर्न सक्छ ।  यसर्थ परिवारका सदस्यमा प्रोस्टेटको परीक्षण गर्नुपर्छ । परिवारका पुरुष सदस्यको ४५ वर्षपछि हरेक दुई वर्षमा यससम्बन्धी परीक्षण गर्नुपर्दछ । यस्तै महिलामा ब्रेस्ट क्यान्सरको पनि जाँच गराउनु जरूरी हुन्छ ।

    कहाँ कस्तो अवस्था ?

    लेन्सेटको रिपोर्टअनुसार २०२० पछि प्रोस्टेट क्यान्सरको समस्या पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी युरोप, उत्तरी अमेरिकाजस्ता देशमा बढेको पाइएको छ भने मृत्युदर पनि वृद्धि भएको छ ।

    डा एसवीएस देवका अनुसार अमेरिका र युरोपका मानिस अब आफ्नो स्वास्थ्यमा ध्यान दिन लागिपरेका छन् । सकारात्मक परिणाम आउन दशकको समय लाग्न सक्छ । ८९ वा ९० को दशकलाई हेर्ने हो भने धेरै जंक फुड खाँदा यो समस्या अहिले देखापरेको हो ।  डा विक्रम बरुवा कौशिकका अनुसार अमेरिकामा यसको स्क्रिनिङ ठूलो मात्रामा भइरहेको र अन्य विकसित देशमा पनि भइरहेको छ । सबै चिकित्सकहरुको भनाइ छ कि यो क्यान्सरको उपचार सम्भव छ । तर,समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । साभार बीबीसी

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.