Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    July 19, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    अस्टिन, टेक्सस

    गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत एक वर्षदेखि समानान्तर रूपमा सक्रिय रहेका दुई समूहबीचको विवाद अन्त्य भएको छ। लामो समयदेखि जारी मतभेदलाई टुंग्याउँदै दुवै पक्षले औपचारिक रूपमा एकता घोषणा गरेका छन्।

    शनिबार अस्टिन, टेक्ससमा सुरु भएको एनआरएनए एनसीसी अमेरिकाको १५औँ वार्षिक साधारणसभा तथा एकता अधिवेशनको उद्घाटन समारोहमा दुवै पक्षले संयुक्त रूपमा एकताको घोषणा गरेका हुन्।

    राउन्ड रकस्थित होलिडे इन होटलमा आयोजित उद्घाटन समारोहमा दुवै एनसीसीका अध्यक्ष सतेन्द्र साह र विकास उप्रेतीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै अधिवेशनको उद्घाटन गरेका थिए। सो अवसरमा उनीहरूले अबदेखि एउटै एनसीसीमार्फत अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूको साझा प्रतिनिधित्व गरिने प्रतिबद्धता व्यक्त गरे।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विकास उप्रेतीले गैरआवासीय नेपालीहरूको आवाजलाई अझ सशक्त बनाउन र संस्थागत एकतालाई मजबुत बनाउन दुवै पक्षबीच सहमति भएको बताए। उनले लामो समयसम्म चलेको संवाद र छलफलपछि १६ बुँदे सहमतिमा हस्ताक्षर भएको जानकारी दिँदै त्यसको अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

    “हामीले लामो संवादपछि १६ बुँदे सहमति गरेका छौं। त्यसको अक्षरशः पालना गर्दै एकतालाई सफल बनाउने हाम्रो साझा प्रतिबद्धता छ,” अध्यक्ष उप्रेतीले भने।

    अर्का अध्यक्ष सतेन्द्र साहले आम गैरआवासीय नेपालीहरूको एउटै एनसीसी हुनुपर्ने चाहनालाई सम्मान गर्दै एकताको निर्णय गरिएको बताए। उनले सहमतिपत्रमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै केही वैधानिक प्रक्रिया मात्र बाँकी रहेको जानकारी दिए।

    “हामीबीच सहमति र एकता भइसकेको छ। अब बाँकी रहेका केही वैधानिक प्रक्रिया साधारणसभाको बन्दसत्रबाट पूरा गर्दै एकतालाई पूर्णता दिनेछौं,” अध्यक्ष साहले भने।

    उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताहरूले विगत एक वर्षदेखि विभाजित रहेको एनआरएनए एनसीसी अमेरिका पुनः एकीकृत हुनु ऐतिहासिक र सकारात्मक उपलब्धि भएको बताए। उनीहरूले एकताले नेपाली डायस्पोराको आवाजलाई अझ प्रभावकारी र सशक्त बनाउने उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

    कार्यक्रमका प्रमुख अतिथि डा. अर्जुन बन्जाडे, विशिष्ट अतिथि तथा पूर्व अध्यक्ष सुनिल साह, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का उपाध्यक्ष रविन्द्र बज्राचार्य, पूर्ण बनियाँलगायतका वक्ताहरूले एकता अधिवेशन सफल हुने विश्वास व्यक्त गर्दै नयाँ यात्राका लागि शुभकामना दिएका थिए।

    यसअघि बिहान ८ बजेदेखि ११ बजेसम्म जुममार्फत सम्पन्न वार्षिक साधारणसभाले एकताका लागि भएको १६ बुँदे सहमतिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। भर्चुअल साधारणसभामा आईसीसी अध्यक्ष हेमराज शर्मा, महासचिव तथा दुवै एनसीसीका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    विगत केही महिनादेखि एनआरएनए अमेरिकाका दुई पक्षले एउटै मितिमा ड्यालस र अस्टिनमा छुट्टाछुट्टै १५औँ वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेका थिए। त्यसपछि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले हस्तक्षेप गर्दै एकीकृत साधारणसभालाई मात्र आधिकारिक मान्यता दिइने स्पष्ट पार्दै छुट्टाछुट्टै साधारणसभा नगर्न दुवै पक्षलाई कडा निर्देशन दिएको थियो।

    आईसीसीको पहलपछि दुवै पक्षबीच चरणबद्ध रूपमा संवाद र वार्ता सुरु भएको थियो। अन्ततः लामो छलफलपछि १६ बुँदे सहमतिमा पुग्दै दुवै पक्षले संगठनात्मक एकताको घोषणा गरेका हुन्। सहभागीहरूले यस एकतालाई अमेरिकास्थित नेपाली समुदायका लागि नयाँ सुरुआतका रूपमा लिँदै अब एउटै संस्थामार्फत समुदायका साझा हित, अधिकार र पहिचानका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

    दुबै एनसिसिका बिचमा भएका सहमती यस्तो छ । 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.