Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    July 16, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    नेपाली महावाणिज्यदूतावास, ड्यालसले नेपाल सरकारको राहदानी विभागद्वारा लागू गरिएको नयाँ विद्युतीय राहदानी प्रणालीमार्फत राहदानी सेवा सुरु गरेको छ। उपमहावाणिज्यदूत धना जोशीका अनुसार महावाणिज्यदूतावासले जुलाई १५, २०२६ देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा प्रदान गर्न थालेको हो।

    उपमहावाणिज्यदूत जोशीका अनुसार नयाँ प्रणाली लागू भएसँगै सेवा सञ्चालनमा आए पनि प्रारम्भिक तीन महिनासम्म ‘प्रणाली स्थिरीकरण अवधि’ (Stabilization Period) रहने भएकाले यस अवधिमा केही प्राविधिक चुनौती देखिन सक्ने सम्भावना रहेको छ।

    महावाणिज्यदूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा यस अवधिमा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई मात्र राहदानी आवेदन दिन अनुरोध गरेको छ। विशेषगरी राहदानीको म्याद सकिएको, राहदानी हराएको, केही समयभित्र म्याद समाप्त हुने अवस्थामा पुगेको वा अन्य कुनै अत्यावश्यक कारणले नयाँ राहदानी आवश्यक परेकाले मात्र आवेदन दिन अनुरोध गरिएको छ।

    राहदानी बनाउन चाहने सेवाग्राहीले अनलाइन आवेदन फाराम भरेर प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया, आवश्यक कागजात तथा अन्य विस्तृत जानकारी महावाणिज्यदूतावासको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

    महावाणिज्यदूतावासले नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन केही समय लाग्ने भएकाले सेवाग्राहीलाई धैर्य र सहयोग गर्न आग्रह गरेको छ। सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउन आवश्यक समन्वय तथा प्राविधिक सुधारका कार्यहरू निरन्तर भइरहेको पनि सूचनामा उल्लेख गरिएको छ।

    राहदानी सेवासम्बन्धी थप जानकारी आवश्यक परेमा सेवाग्राहीले नेपाली महावाणिज्यदूतावास, ड्यालसको आधिकारिक वेबसाइट, इमेल वा टेलिफोनमार्फत सम्पर्क गर्न सक्ने जनाइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.