Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    July 7, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको बहुप्रतीक्षित केन्द्रीय अधिवेशन आगामी अगस्ट १४, १५ र १६, २०२६ मा अमेरिकाको डीसी मेट्रो क्षेत्रमा आयोजना हुने भएको छ। विगत १२ वर्षदेखि हुन नसकेको अधिवेशनको मिति र स्थान नेपाली कांग्रेस केन्द्रीय समितिबाट स्वीकृत भएपछि अधिवेशन हुने निश्चित भएको हो।

    अधिवेशन डीसी मेट्रो क्षेत्रमा आयोजना गर्ने स्वीकृति प्राप्त भए पनि अन्तिम स्थल मेरिल्याण्ड र वाशिङ्टन डीसीको सीमावर्ती क्षेत्रमा यसै साता टुङ्गो लगाइने तयारी भइरहेको अधिवेशन तयारी समितिका सदस्य–सचिव गौतम दाहालले जानकारी दिए।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन तथा विधानअनुसार लामो समयदेखि रोकिएको अधिवेशन सम्पन्न गर्न गठित अधिवेशन तयारी समितिको पूर्ण बैठकले सर्वसम्मत रूपमा मिति र स्थान स्वीकृतिका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सिफारिस पठाएको थियो।

    नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ नेतृत्व चयनका लागि भक्त थापाको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति तथा विनोद भट्टको संयोजकत्वमा विधान समिति गठन गरिएको छ। त्यसैगरी आर्थिक, प्रचार–प्रसार, व्यवस्थापन, स्वयंसेवक, सांस्कृतिकलगायत विभिन्न उपसमितिहरूले तीव्र रूपमा तयारीका कामहरू अगाडि बढाइरहेको तयारी समितिले जनाएको छ।

    यसअघि नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टको नेतृत्वमा रहेको कार्यसमितिले गत डिसेम्बरमा २६ वटा च्याप्टरको अधिवेशन सम्पन्न गरी अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो। केन्द्रीय अधिवेशनको तयारी भइरहेका बेला नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार जनसम्पर्क समितिका गतिविधि स्थगित गरी नेपालमा सम्पन्न आम निर्वाचनमा केन्द्रित गरिएको थियो।

    सोही क्रममा अध्यक्ष आनन्द विष्ट नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेपछि नेपाली कांग्रेस केन्द्रीय समितिले उपाध्यक्ष धनञ्जय नरसिंह के.सी.को संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरेको थियो।

    सदस्य–सचिव दाहालका अनुसार अधिवेशनमा अमेरिकाभरका २६ वटा च्याप्टरबाट करिब ८०० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

    नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    १२ वर्षपछि हुन लागेको अधिवेशनसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाभित्र नयाँ नेतृत्व चयनको राजनीतिक सरगर्मी पनि बढेको छ। विभिन्न पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारीका लागि आन्तरिक भेटघाट, परामर्श तथा समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्।

    यो समाचार तयार पार्दासम्म सभापति पदका लागि अधिवेशन तयारी समितिका सदस्य–सचिव गौतम दाहाल, मुनिन्द्र नैम्वाङ, सीपी पौडेल र ज्ञानेन्द्र कार्की प्रमुख आकांक्षीका रूपमा चर्चामा छन्। त्यसैगरी महासचिव पदका लागि अनुप खनालले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन्।

    नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन १२ वर्षपछि हुन लागेकाले यस अधिवेशनले विगतका तिक्तता अन्त्य गर्दै संगठनभित्र व्यापक एकता, सहकार्य र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। त्यसका लागि सबै नेता तथा कार्यकर्ताले सकारात्मक भूमिका खेल्नुपर्नेमा कार्यकर्ताहरूले नेतृत्वमाथि दबाब दिन थालेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    Demo
    Top Posts

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    Don't Miss
    Diaspora

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    नेपाली खबरीलालड्यालस, टेक्सस नेपाली महावाणिज्यदूतावास, ड्यालसले नेपाल सरकारको राहदानी विभागद्वारा लागू गरिएको नयाँ विद्युतीय राहदानी…

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.