Close Menu
Nepali Khabarilal
    What's Hot

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    May 31, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Screenshot
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    नेपाल सरकारले आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका) र प्रवासी नेपाली मञ्च अमेरिका (ओएनएफ अमेरिका) ले उक्त निर्णय फिर्ता लिन आग्रह गरेका छन्।

    दुवै संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पश्चिमी अमेरिकामा बसोबास गर्ने हजारौं नेपालीको हित तथा सेवा सुविधामा प्रत्यक्ष असर पर्ने भएकाले उक्त निर्णय उपयुक्त नभएको जनाउँदै तत्काल पुनर्विचार गर्न नेपाल सरकारसँग माग गरेका हुन्।

    एनआरएनए अमेरिकाका अध्यक्ष बिकाश उप्रेतीद्वारा जारी विज्ञप्तिमा पश्चिमी अमेरिकामा रहेका नेपालीहरूलाई सहज, प्रभावकारी तथा पहुँचयोग्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको महावाणिज्यदूतावासले छोटो अवधिमै उल्लेखनीय सेवा प्रदान गरेको उल्लेख गरिएको छ।

    विज्ञप्तिअनुसार राहदानी नवीकरण, कागजात प्रमाणीकरण, भिसा सेवा, नागरिकतासम्बन्धी प्रक्रिया लगायतका अत्यावश्यक सेवाबाट हजारौं नेपाली प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्। कार्यालय बन्द गरिए सेवाग्राहीहरूले सामान्य कन्सुलर सेवाका लागि समेत लामो दूरीको यात्रा गर्नुपर्ने, अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने तथा समयको नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना हुने जनाइएको छ।

    एनआरएनए अमेरिकाले सान फ्रान्सिस्को तथा आसपासका राज्यहरूमा नेपाली समुदाय तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा महावाणिज्यदूतावास बन्द गर्ने निर्णय समुदायको आवश्यकता र हितविपरीत रहेको जनाएको छ। संस्थाले विदेशमा रहेका नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउनु नेपाल सरकारको संवैधानिक तथा नैतिक दायित्व भएको स्मरण गराउँदै कार्यालय बन्द गर्नुको सट्टा आवश्यक बजेट, जनशक्ति र स्रोतसाधन उपलब्ध गराएर अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेको छ।

    यसैगरी, प्रवासी नेपाली मञ्च अमेरिका (ओएनएफ अमेरिका) ले पनि उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यवाहक अध्यक्ष मैया ढुङ्गाना र सचिव शंकर लुङ्गेलीद्वारा जारी संयुक्त विज्ञप्तिमा सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावास पश्चिम अमेरिकामा रहेका नेपाली समुदायका लागि अत्यन्त महत्वपूर्ण सेवा केन्द्रका रूपमा स्थापित रहेको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा राहदानी नवीकरण, भिसा सेवा, कागजात प्रमाणीकरण, पावर अफ अटर्नी, विवाह दर्ता तथा एनआरएन परिचयपत्रलगायतका विभिन्न कन्सुलर सेवाहरू सहज रूपमा उपलब्ध हुँदै आएको जनाइएको छ। कार्यालय हटाइए वा यसको सेवा कमजोर पारिए हजारौं नेपालीले सामान्य कन्सुलर सेवाका लागि समेत लामो दूरीको यात्रा गर्नुपर्ने, अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने तथा समयको ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिइएको छ।

    ओएनएफ अमेरिकाले यस्तो निर्णयले सेवा पहुँचमा मात्र असर नपारी प्रवासी नेपाली समुदायको मनोबल, नेपालसँगको सम्बन्ध तथा राज्यप्रतिको विश्वासमा समेत नकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ। नेपालको अर्थतन्त्र, पर्यटन प्रवर्द्धन, लगानी तथा सामाजिक क्षेत्रमा प्रवासी नेपालीहरूले पुर्‍याउँदै आएको योगदानलाई दृष्टिगत गर्दै उनीहरूको सेवा पहुँच कमजोर बनाउने निर्णय व्यवहारिक र दूरदर्शी नहुने संस्थाको धारणा छ।

    दुवै संस्थाले नेपाल सरकार, प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, नेपाली राजदूतावास तथा सम्बन्धित निकायसँग पश्चिमी अमेरिकामा रहेका नेपाली समुदायको भावना र आवश्यकतालाई सम्मान गर्दै सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।

    उक्त निर्णयले विशेषगरी अमेरिकाको पश्चिमी क्षेत्रमा रहेका नेपाली समुदायमा चिन्ता र असन्तुष्टि बढाएको छ। दुवै संस्थाले विदेशमा रहेका नेपालीहरूको अधिकार, हित, सुविधा र सम्मानको संरक्षणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उल्लेखनीय छ कि लामो समयदेखिको प्रवासी नेपाली समुदायको पहल र पैरवीपछि नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा नेपाली महावाणिज्यदूतावास स्थापना गरेको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    उबरले काठमाडौँमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    बिडीएको दोस्रो वार्षिक साधारण सभा मे २५ मा कोलोराडोमा हुने

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    Demo
    Top Posts

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    Don't Miss
    Diaspora

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    नेपाली खबरीलाल ड्यालस, टेक्सस नेपाल सरकारले आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत अमेरिकाको क्यालिफोर्निया राज्यको सान…

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.