Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    July 3, 20261 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य (सांसद) मनीष झा अमेरिका भ्रमणका क्रममा आज फ्लोरिडा आइपुगेका छन्। उहाँको भ्रमणका अवसरमा प्रवास नेपाली सम्पर्क समिति–अमेरिका ले विभिन्न राज्यमा आयोजना हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको प्रारम्भिक तालिका सार्वजनिक गरेको छ।

    समितिका अनुसार सांसद झाले अमेरिका भ्रमणका क्रममा विभिन्न राज्यमा रहेका नेपाली समुदायसँग भेटघाट गर्दै प्रवासी नेपालीका सरोकार, नेपालसँगको सम्बन्ध, समसामयिक राजनीतिक विषय, लगानी, पर्यटन प्रवर्द्धन तथा प्रवासी नेपालीहरूको भूमिका लगायतका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

    सार्वजनिक कार्यक्रमअनुसार सांसद झा जुलाई ४ मा टेक्सस आइपुग्नेछन्। त्यसको भोलिपल्ट जुलाई ५ (आइतबार) प्रवास नेपाली सम्पर्क समिति–अमेरिकाको टेक्सस च्याप्टर को आयोजनामा ड्यालसमा नेपाली समुदायसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

    आयोजकका अनुसार उक्त कार्यक्रममा सांसद झाले प्रवासी नेपाली समुदायका समस्या, नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उपाय, वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन तथा नेपालको समसामयिक राजनीतिक अवस्थाबारे आफ्ना धारणा राख्नुका साथै सहभागीहरूसँग खुला संवाद गर्नेछन्। कार्यक्रममा स्थानीय नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रवास नेपाली सम्पर्क समिति–अमेरिकाको टेक्सस च्याप्टरका संयोजक चन्द्रकान्त उपाध्यायले जानकारी दिएका छन्।

    यसैगरी, सांसद झाले जुलाई ८ मा भर्जिनिया र जुलाई ११ मा न्युयोर्क/न्युजर्सी मा पनि नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    Demo
    Top Posts

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    Don't Miss
    Diaspora

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    नेपाली खबरीलालड्यालस, टेक्सस नेपाली महावाणिज्यदूतावास, ड्यालसले नेपाल सरकारको राहदानी विभागद्वारा लागू गरिएको नयाँ विद्युतीय राहदानी…

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.