Close Menu
Nepali Khabarilal
    What's Hot

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    October 28, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सास
    गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोमा आयोजना हुने भएको छ। टोरन्टोस्थित होटल रेडिसनमा हुने सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक भुवन खरेलले जानकारी दिएका छन् ।

    ‘कनेक्टिङ फर प्रस्पेरिटी’ (समृद्धिका लागि सहकार्य) नारासहित आयोजना हुन लागेको सम्मेलनमा नेपालमा लगानीका सम्भावना, सामूहिक लगानीका परियोजना तथा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक विकासमा परिचालन गर्ने विषयमा छलफल गरिने भएको छ ।
    सम्मेलनको तयारीका लागि आइतबार साँझ सम्पन्न बैठकले विभिन्न समितिहरू गठन गरेको छ। बैठकले क्षेत्रीय संयोजक खरेलको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको हो। त्यसैगरी, एनआरएनएका सचिव तथा एनआरएनए क्यानडाका पूर्वअध्यक्ष माधव दुलालको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।

    आर्थिक समितिका सदस्यहरूमा सङ्गीता लामा, विष्णु रानामगर, छत्र मैनाली र इन्दिरा रिजाल रहेका छन्। समितिमा एनआरएनए अमेरिकाका कोषाध्यक्षलाई पनि समावेश गरिएको छ। सम्मेलनको प्राविधिक तथा सूचना प्रविधिसम्बन्धी व्यवस्थापनका लागि लिला थापाको संयोजकत्वमा आईटी समिति गठन गरिएको छ।
    सम्मेलनमा क्यानडावासी नेपाली, अमेरिकाज क्षेत्रका एनआरएनए पदाधिकारी तथा अभियन्ता र विश्वभर छरिएर रहेका नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
    सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई निमन्त्रणा गरिएको छ। सरकारका प्रतिनिधि र प्रवासी नेपालीबीच प्रत्यक्ष संवाद गराई गैरआवासीय नेपाली समुदायका साझा सवाल, लगानीका सम्भावना र नीतिगत सुधारका विषय सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्य रहेको क्षेत्रीय संयोजक खरेलले बताए।

    सम्मेलनका मुख्य एजेन्डा के–के छन ?
    नेपालमा लगानी गर्न इच्छुक गैरआवासीय नेपालीले भोग्दै आएका नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट तथा लगानी सुरक्षासम्बन्धी चुनौतीलाई सम्मेलनमा प्राथमिकताका साथ उठाइनेछ।
    सामूहिक लगानीका सम्भावित परियोजनाहरू पहिचान गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा लगानीसम्बन्धी नीतिगत सुधारका विषयमा छलफल गर्ने तयारी गरिएको छ।
    त्यस्तै, गैरआवासीय नेपालीको पहलमा गुल्मीको आँपचौरमा करिब एक हजार रोपनी क्षेत्रफलमा सुरु गरिएको कफी खेतीलाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने विषयमा पनि छलफल गरिनेछ।
    कफी उत्पादन वृद्धि, गुणस्तर सुधार, प्रशोधन, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न प्रवासी नेपालीको पुँजी, प्रविधि र व्यावसायिक अनुभव परिचालन गर्ने सम्भावना बारे सम्मेलनमा छलफल हुनेछ।
    त्यसैगरी, जलविद्युत् क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तार, नयाँ आयोजना विकास तथा थप लगानीका अवसर पहिचान गर्ने विषय पनि सम्मेलनको एजेन्डामा समेटिएको छ । कृषि, जलविद्युत्, पर्यटन र प्रविधिजस्ता उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी नेपालको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

    विदेशमा रहेका नेपालीले नागरिकतासम्बन्धी कानुनी व्यवस्थाबाट प्राप्त अधिकार प्रयोग गर्दा भोग्नुपरेका प्रशासनिक तथा कानुनी समस्याबारे सम्बन्धित सरकारी निकायसँग छलफल गर्ने तयारीसमेत गरिएको छ।

    दोस्रो पुस्ताका नेपालीको एनआरएनएका गतिविधिमा सहभागिता बढाउने, नेतृत्व विकासका अवसर विस्तार गर्ने तथा उनीहरूको ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा छलफल गरिनेछ।

    विदेशमा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका नेपाली विज्ञ, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीको ज्ञान र सीपलाई नेपालको शिक्षा, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा उपयोग गर्ने विषय पनि सम्मेलनको एजेन्डामा समेटिएको छ।

    सम्मेलन व्यवस्थापनमा लाग्ने खर्च कटाएर बाँकी रहने रकम एनआरएनए क्यानडाको ‘नेपाली घर’ परियोजनामा लगानी गर्ने प्रस्ताव अघि सारिएको छ। प्रस्ताव कार्यान्वयन भएमा क्यानडामा नेपाली समुदायका लागि साझा भेटघाटस्थल निर्माण, सांस्कृतिक गतिविधिको प्रवद्र्धन तथा सामुदायिक पहिचान संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको क्षेत्रीय संयोजक भुवन खरेलले बताउनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Demo
    Top Posts

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Don't Miss
    Diaspora

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    नेपाली खबरीलाल ड्यालस, टेक्सास गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७…

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.