Close Menu
Nepali Khabarilal
    What's Hot

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    October 17, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सामना देवकोटा
    अस्टिन, टेक्सास

    नेपाली समुदायको बाक्लो बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा यस वर्षको बडा दशैं–तिहार तथा तिहारको अवसरमा तीनदिने दशैं–तिहार मेला आयोजना हुने भएको छ। इजी पिपल सप्लायर्स एलएलसी अस्टिनको आयोजनामा हुने मेला अक्टोबर १७ देखि १९ सम्म सञ्चालन हुनेछ।

    बडादशैं तथा दीपावली नेपाली समुदायका प्रमुख चाडपर्व हुन्। विदेशमा रहेर पनि नेपाली संस्कृति, परम्परा र चाडपर्वको उल्लासलाई निरन्तरता दिने तथा मातृभूमिको अनुभूति गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजक कम्पनीका सञ्चालक कुशल नहर्कीले जानकारी दिए।

    नेपाली समुदायका सदस्यले सञ्चालन गरिरहेका स्थानीय व्यवसायको प्रवर्द्धन गर्नुका साथै व्यवसायीबीच सहकार्य र आपसी सम्बन्ध विस्तार गर्नु पनि मेलाको उद्देश्य रहेको नहर्कीले बताए।

    मेलामा खानपान, लत्ताकपडा, गरगहना, हस्तकलाका सामग्री तथा चाडपर्वमा आवश्यक पर्ने विभिन्न वस्तुका स्टल रहनेछन्। मेलाका तीनै दिन अपराह्न ४ बजेदेखि मध्यरातसम्म आगन्तुकले किनमेल, मनोरञ्जन तथा सामाजिक भेटघाटको अवसर पाउनेछन्।

    मेलालाई थप आकर्षक बनाउन तीनै दिन डिजे संगीतको व्यवस्था गरिनेछ। साथै, विभिन्न चर्चित कलाकारले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ।

    नहर्कीका अनुसार मेलाको अर्को उद्देश्य नाफा कमाउनु मात्र नभई स्थानीय व्यवसायीलाई एउटै मञ्चमा जोड्नु र उनीहरूका उत्पादन तथा सेवाको प्रचारप्रसारमा सहयोग पुर्‍याउनु हो। साना व्यवसायी, घरेलु उत्पादनकर्ता तथा घरबाटै सामान बिक्री गरेर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीलाई समेत आफ्नो व्यवसाय विस्तार गर्ने अवसर प्रदान गरिने उनले बताए।

    तीन दिनका लागि स्टल शुल्क २०० डलर

    आयोजकका अनुसार मेलामा स्टल राख्न तीन दिनका लागि २०० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। उक्त शुल्कमा टेन्ट, टेबल र कुर्सीको व्यवस्था समावेश हुनेछ।

    मेलामा जम्मा २० वटा स्टल रहने भएकाले सहभागी हुन इच्छुक व्यवसायीलाई समयमै बुकिङ गर्न आयोजकले आग्रह गरेका छन्। मेलाले व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्न, नयाँ ग्राहकसम्म पुग्न र व्यवसाय विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    खानपानदेखि परम्परागत पहिरनसम्मका सामग्री

    मेलामा साडी, कुर्ता तथा अन्य परम्परागत पोसाक, गरगहना, उपहार सामग्री, घर सजावटका वस्तु, पूजा सामग्री, सौन्दर्य सामग्री, मेहन्दी, अल्टर तथा थ्रेडिङ सेवा र घरायसी उपयोगका सामान उपलब्ध हुनेछन्। विभिन्न नेपाली तथा अन्य खानाका परिकारले पनि आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    यसका अतिरिक्त घर खरिद, ऋण तथा करसम्बन्धी परामर्श सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ। मेलामा मनपसन्द सुपरमार्केट, साइलीको बुटिक, अल्टर एन्ड थ्रेडिङ, गोर्खा बर्गर, आपका बजार सुपरमार्केट, निम्तो किचन, लाली सन र डग च्युलगायतका व्यवसायी सहभागी हुने जनाइएको छ।

    दसैँ–तिहारको उल्लास साटासाट गर्ने, नेपाली संस्कृति र परम्परासँग जोडिने तथा स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने अवसरका रूपमा मेलालाई लिइएको छ। अस्टिन, फ्लुगरभिल तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई परिवार र साथीभाइसँग मेलामा सहभागी हुन आयोजकले निमन्त्रणा दिएका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo
    Top Posts

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Don't Miss
    Diaspora

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    नेपाली खबरीलाल हल्टम सिटी, टेक्सास यस वर्षको दसैँ–तिहारको अवसर पारेर पर्वत समाज अमेरिका, टेक्सास च्याप्टरले…

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.