Close Menu
Nepali Khabarilal
    What's Hot

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    सान फ्रान्सिस्कोले जित्यो ‘एनएसटी कप भलिवल’ उपाधि

    July 21, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस 

    टेक्ससको प्रमुख सहर ड्यालसमा पहिलोपटक आयोजना गरिएको अन्तरराज्यीय स्तरको ‘एनएसटी कप भलिवल प्रतियोगिता’को उपाधि क्यालिफोर्नियाको सान फ्रान्सिस्को टिमले जितेको छ।

    नेपाली समाज टेक्ससको आयोजनामा ग्रान्डपेरीस्थित ईमेज भलिवल कोर्टमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा सान फ्रान्सिस्को टिमले न्यूयोर्कस्थित रिजउड नेपाली समाजलाई सोझो सेटमा ३–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

    प्रतियोगितामा रिजउड नेपाली समाज न्यूयोर्क दोस्रो स्थानमा रहँदा, अस्टिनको रुकुम वेस्ट टिम तेस्रो भएको थियो।

    अमेरिकाका विभिन्न राज्यबाट सहभागी १६ टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको समापन समारोहमा प्रथम हुने टिमलाई ८ हजार, दोस्रो टिमलाई ५ हजार र तेस्रो हुने टिमलाई ३ हजार अमेरिकी डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

    समापन समारोह नेपाली समाज टेक्ससका महासचिव विजय भुसालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा समाजका अध्यक्ष राजेन्द्र वाग्लेले विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै खेलकुदको माध्यमबाट प्रवासमा सभ्य समाज निर्माण गर्न नेपाली समाज टेक्सस सक्रिय रूपमा लागिरहेको बताए।

    अध्यक्ष वाग्लेले समाजले कार्यसमितिका एक सदस्यलाई खेलकुद संयोजकको जिम्मेवारी दिई छुट्टै विभाग गठन गरेको जानकारी दिँदै, समाजले स्थानीयस्तरमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्दै आएको र अन्य कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरे।

    उनले पहिलोपटक आयोजना गरिएको अन्तरराज्यीय ‘एनएसटी कप भलिवल प्रतियोगिता’लाई मित्रवत्, प्रतिस्पर्धात्मक र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। साथै, सरोकारवालाहरूको सुझावका आधारमा आगामी वर्षमा प्रतियोगितालाई निरन्तरता दिने तयारीसमेत रहेको जानकारी दिए।

    फोटो ः रिपोटर्स क्लब अमेरिकाबाट साभार

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    उबरले काठमाडौँमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    बिडीएको दोस्रो वार्षिक साधारण सभा मे २५ मा कोलोराडोमा हुने

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    Demo
    Top Posts

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    उबरले काठमाडौँमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    Don't Miss
    Diaspora

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    नेपाली खबरीलाल अस्टिन, टेक्सास टेक्ससको राजधानी अस्टिनमा सक्रिय नेपाली समुदायको साझा संस्था ग्रेटर अस्टिन नेपाली समाज …

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    उबरले काठमाडौँमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.