Close Menu
Nepali Khabarilal
    What's Hot

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा

    June 27, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, १३ असार – दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो ।

    अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो ।

    समूह चरणदेखि सुपर ८ सम्म उत्कृष्ट प्रदर्शन गरेको अफगानस्तिानको सेमिफाइनलमा ब्याटिङ नै चलेन ।   अफगानिस्तानका रमनुल्लाह गुर्वाज खाता नै नखोलेर आउट भएका थिए । त्यसलगत्तै गुलबद्दिन नइब ९ रन बनाएर आउट हुँदा अफगानिस्तानले १६ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो । तेस्रो विकेटको रूपमा ओपनर इब्राहिम जर्दानलाई गुमायो । जर्दान २ रन बनाएर आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो ।

    सोही स्कोरमा मोहमद नावी खाता नखोलेर आउट भए । २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौँ विकेट गुमाएको हो । अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए । पावर प्लेको समाप्तीमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको थियो ।

    छैटौँ विकेटको रूपमा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । ५०  रनको स्कोरमा सातौँ विकेट गुमाउँदा करिम जनतले ८ रनको योगदान गरे । यसैगरी १०.२ ओभरमा कप्तान रासिद खान पनि ८ रन बनाएर नवौँ विकेटको रूपमा पभेलियन फर्किए । ११.५ ओभरमा ५६ रन हुँदा नभिन उल हक २ रन बनाएर आउट हुँदा अफगानिस्तान अलआउट भयो । फजलहक फारुकी २ रनमा नटआउट रहे ।

    दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी तबरेज शम्सीले १.५ ओभरमा ६ रन दिएर ३ विकेट लिए ।  कागिसो रबाडाले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिदै २ विकेट लिँदा एनरिच नोट्जेले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए ।

    ५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए । रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले । फजलहक फारुकीले १ विकेट लिए । दक्षिण अफ्रिकाले अब फाइनलमा भारत र इंग्ल्याण्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo
    Top Posts

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Don't Miss
    Diaspora

    एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुँदै, नेपालमा लगानीको सम्भावनाबारे छलफल गरिने

    नेपाली खबरीलाल ड्यालस, टेक्सास गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७…

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.