Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    May 22, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस
    अमेरिकाको मेरिल्याण्डमा आगामी जुन २५ देखि २८ सम्म सञ्चालन हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनएआईएफएफ) २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने भएका छन ।
    नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आaयोजना गरिने महोत्सवका लागि प्राप्त आवेदनहरूमध्ये नेपाल र अमेरिकाका फिल्मकर्मी तथा फिल्मविद्हरू सम्मिलित छनौट समितिले प्रदर्शन हुने चलचित्रहरूको आधिकारिक सूची सार्वजनिक गरेको हो ।
    महोत्सवमा नेपाल, अमेरिका, भारत, चीन, जर्मनी, इक्वेडर, स्विजरल्याण्ड, चिली, ब्राजिल, फ्रान्स, अष्ट्रेलिया तथा प्यालेस्टाइनसहित ११ देशका ३८ चलचित्र प्रदर्शन गरिने कार्यक्रम तय भएको संस्थापक उपाध्यक्ष किरण पौड्यालले जानकारी दिनु भयो ।
    महोत्सव अवधिभर चलचित्र र संस्कृतिसम्बन्धी बहस, महिला तथा समसामयिक विषयमा प्यानल छलफल, चलचित्र निर्माणसम्बन्धी मास्टरक्लास, फिल्मकर्मीहरूसँग अन्तरक्रिया तथा विभिन्न सामुदायिक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् ।
    महोत्सबको उद्घाटन तथा समापन कार्यक्रम मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटर एन्ड कल्चरल सेन्टरमा हुने छन । उद्घाटन चलचित्रका रूपमा भारतकी निर्देशक त्रिवेणी राई निर्देशित चर्चित चलचित्र ‘सेप अफ मोमो’ प्रदर्शन गरिने भएको छ । बुसान अवार्ड विजेता उक्त चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत प्रशंसा बटुलिसकेको छ ।
    त्यसैगरी समापन समारोहमा नेपालकी निर्देशक नानी साह्रा वाकर निर्देशित नेपाली चलचित्र ‘शक्ति’ प्रदर्शन गरिनेछ । उद्घाटन तथा समापन कार्यक्रम मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटर एन्ड कल्चरल सेन्टरमा रेड कार्पेटसहित भव्य रूपमा आयोजना गरिने जनाइएको छ।
    यस वर्षको विशेष आकर्षणमध्ये नेपाली–अमेरिकी फिल्मकर्मी अमिताभ जोशी निर्देशित वृत्तचित्र ‘ह्याभ यू सिन माई गड ?’ पनि रहेको छ । साथै ‘ग्लोबल पिस फिल्म फेस्टिवल’ साइडबार सेक्सनअन्तर्गत ‘अब्राहाम्स ब्रिज’ र ‘मेकिङ वेभ्स ः द राइज अफ एसियन अमेरिका’ प्रदर्शन गरिनेछन् ।
    ‘डीएमभी क्लोज–अप’ सेक्सनमा ‘शाटर्ड साइलेन्स ः इमिटेशन अफ अ परफेक्ट लाइफ’, ‘जायर ः अ फिल्म नोइर इन्स्पायर्ड स्टोरी’, ‘ट्याटु मेडिसिन’ र ‘एस.ओ.एस.’ लगायतका अमेरिकी क्षेत्रीय चलचित्रहरू समावेश गरिएका छन्।
    फिचर फिल्मतर्फ नेपालका निर्देशक जाउन योञ्जन निर्देशित ‘क्रलिङ क्रोज (आँखा)’ विशेष आकर्षणको रूपमा रहनेछ । साथै भारतको ‘लाइफ अफ अ फालस’, चीनको ‘अलवेज’, इक्वेडरको ‘मामा’, स्विजरल्याण्डको ‘नाइमा’, चिलीको ‘द फ्याबुलस गोल्ड हार्भेस्टिङ मेसिन’ तथा ब्राजिलको ‘दिस इज बलरुम’ पनि प्रदर्शन गरिनेछ ।
    छोटा चलचित्रतर्फ नेपाली चलचित्रहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। ‘अ मदर्स एम्ब्रेस’, ‘अ सोलेम प्रोमिस’, ‘अशुभ अष्टमी’, ‘ब्यान्डएड्स’, ‘चाँदनी’, ‘इटर्नल किनसिप’, ‘गर्ल फ्रम नेपाल’, ‘आइ लिसन टु द साउन्ड अफ एसेस’, ‘द कल’ तथा ‘द रोड टु टिल’ लगायतका नेपाली चलचित्रहरू महोत्सवमा प्रदर्शन हुने कार्यक्रम तालिकामा उल्लेख छ । महोत्सवमा प्रदर्शन गरिएका चलचित्रहरूमध्ये उत्कृष्ट चलचित्रहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने नेपाल अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।
    सन २०१६ मा स्थापना भएको नेपाल अमेरिका फिल्म सोसाइटीले सन २०१७ देखि हरेक बष नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकाको मेरिल्याण्डमा आयोजना गर्दै आएको छ । महोत्सबको लागि मेरिल्याण्ड राज्य सरकार, ‘प्रिन्स जर्ज आट्र्स एन्ड ह्युम्यानिटिज काउन्सिल’, ‘म्यारिल्याण्ड ह्युम्यानिटिज’ लगायत संस्थाहरूले बार्षिक रुपमा सहयौग गर्दै आएका छन ।
    नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच कला आदान–प्रदान, सांस्कृतिक संवाद र सिर्जनात्मक सहकार्य विस्तार गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको यो महोत्सव नेपाली डायस्पोरा समुदायका लागि महत्वपूर्ण सांस्कृतिक मञ्चका रूपमा स्थापित हुँदै गएको चलचित्रकर्मीहरु बताउँछन ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.