Close Menu
Nepali Khabarilal
    What's Hot

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्ससको ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता आयोजना हुँदै

    December 24, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस —

    टेक्ससको ह्युस्टनमा क्रियाशील नेपाली युवाहरूको संस्था चन्द्र–सूर्य फुटबल क्लब ले नयाँ वर्षको अवसरमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

    नेपाली समुदायका स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै खेलकुदको माध्यमबाट खेलाडीहरूबीच आपसी सद्भाव र समुदायिक एकता सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

    आयोजकका अनुसार प्रतियोगिता आगामी जनवरी १० र ११, २०२६ मा ह्युस्टनस्थित Cullen Park Field #7 मा सञ्चालन हुनेछ। प्रतियोगितामा हालसम्म १० वटा फुटबल टिम ले दर्ता गराइसकेका छन्।

    नयाँ वर्ष कप फुटबल प्रतियोगितामा पहिलो हुने टिमलाई ट्रफीसहित २,६०० अमेरिकी डलर, दोस्रो हुने टिमलाई ट्रफीसहित १,००० अमेरिकी डलर प्रदान गरिनेछ।
    यसका साथै MVP (उत्कृष्ट खेलाडी), सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपर लाई ट्रफीसहित ५०–५० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

    प्रतियोगितामा वितरण गरिने पुरस्कार राशि हालसम्म आयोजना भएका यस्तै प्रकारका प्रतियोगितामध्ये सबैभन्दा ठूलो रहेको आयोजकको दाबी छ।

    सन् २०१३ देखि खेलकुद क्षेत्रमा सक्रिय चन्द्र–सूर्य फुटबल क्लबले आयोजना गर्न लागेको यस प्रतियोगितालाई ह्युस्टनस्थित नेपाली समुदायका विभिन्न व्यवसायी तथा संघ–संस्थाहरूले सहयोग गरिरहेको क्लबले जानकारी दिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    पर्वतको पैयुँ गाउँपालिकामा १० करोडको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण हुँदै

    एनआरएनए अमेरिकाका दुई एनसीसीबीचको एकीकरण टुंगियो, एउटै एनसीसीमार्फत अघि बढ्ने

    Demo
    Top Posts

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Don't Miss
    Diaspora

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    नेपाली खबरीलालयुलेस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी…

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.