नेपाली खबरिलाल
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिनमा रहेका नेपाली व्यवसायीहरुले ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन । ग्रेटर अस्टिन क्षेत्रमा बिभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुको भेलाबाट ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्स गठन गरिएको हो ।
उक्त नब गठित ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्सको अध्यक्षमा सि.पी पौडेल, बरिष्ठ उपाध्यक्षमा महेश रेग्मी, उपाध्यक्षमा अमृत मिश्र, महासचिबमा उद्धब खनाल, सचिबमा झरना अधिकारी र कोषाध्यक्षमा मन्जु घिमिरे चयन भएका छन । यसै गरि सदस्यहरुमा क्रमस ः हिम ओली, बिर्ख खत्री,प्रदीप चौलागाई, बिनोद शाह, सामना देबकोटा, ओम भट्राई, सर्मिला थापा, सध्या गौतम, बिनोद श्रेष्ठ, शक्ति यादब, सन्जोग तामाङ रहेका छन । भेलाले सुलभ पौडेललाई प्रबक्तामा चयन गरेको छ ।
यसै गरि राजेश्वर निरौला, भुवन आचार्य, बोधराज घिमिरे, पदम ठकुराठी र नारायण पुरीलाई सल्लाहकार चयन गरेको ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्स अस्टिनले जनाएको छ ।


