नेपाली खबरिलाल
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसमा आईतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १० पिन्ट रगत संकलन भएको छ ।
अमेरिकाको टेक्ससमा सकृय प्रवासी नेपाली मन्च टेक्सस तथा हस्ट नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिक द्दह्ज्ञ ले आईतबार ड्यालसमा आयोजना गरेको छुट्टा छुट्टै रक्तदान कार्यक्रमबाट एक सय १० पिन्ट रगत सँकलन भएको हो ।
ब्लड डोनर्स अफ अमेरिकासँगको समन्वयमा प्रवासी नेपाली मन्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जना, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ जना र लायन्स क्लबहरुले अर्भिङ्गमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरिकाका बरिष्ठ उपाध्यक्ष शिब काफ्लेले बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा सकृय नेपाली समुदायका सँस्थाहरुले उल्लेखनिय योगदान दिर्द आएको बताउनु भयो । ब्लड डोनर्स अफ अमेरिकाले टेक्सासको ड्यालसमा पहिलो पटक आयोजना गरिएको सामुदायिक रक्तदान कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद समेत दिएको छ।
आईतबार आयोजना गरिएको रक्तदान कार्यक्रमको लागि कार्टर ब्लड केयरले प्राबिधिक सहयोग उपलब्ध गराउनुका साथै सबै रक्तदाताहरुलाई न्यानो ब्लाङकेट उपलब्ध गराएको थियो । यसै गरि आयोजक सँस्थाहरुले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।




