Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अस्पतालमा सेवाग्राहीहरु लाई समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्देशन

    July 21, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Warning: Trying to access array offset on value of type bool in /home/nepalikh/public_html/wp-content/themes/nkhabarilal/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ६ साउन  – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।

    उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। बिहीबार मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा भएको छलफलपछि भएको निर्णय अनुसार नै मन्त्रालयले शुक्रबार ९ बुँदे परिपत्र जारी गरेको हो। परिपत्रमा मन्त्रालयको नीति योजना तथा महाशाखा प्रमुख डा कृष्ण पौडेलको हस्ताक्षर रहेको छ।

    ‘मन्त्रीको समुपस्थितिमा यस मन्त्रालयमा संघीय अस्पताल प्रमुखहरुज्यूको मिति २०८१/०४/०३ मा बसेको भएको बैठकमा छलफल भई अस्पतालमा सेवाग्राहीहरुको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्नका लागि निम्न बमोजिम निर्णय भएको हुँदा सोको यथाशिघ्र कार्यान्वयनका लागि ताहाँ पठाईएको व्यहोरा अनुरोध छ,’ अस्पतालहरुमा पठाइएको पत्रमा भनिएको छ।

    निर्णयहरु :
    १. सेवाग्राहिको चाँप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्ने ।

    २. “विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम बिस्तारित अस्पताल सेवा (Extended Health Service) लागू गर्ने । प्राप्त सुझावका आधारमा उपरोक्त कार्यविधि परिमार्जन गरिनेछ ।

    ३. चिकित्सकको राउण्ड, विरामी भर्ना, विरामीहरुको डिस्चार्ज बीच समयको तारतम्यता मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने ।

    ४. अस्पतालका कतिपय विभागहरुमा पाँच वा सो भन्दा युनिटहरु रहेको हुँदा पर्याप्त चिकित्सकहरु हुँदा हुँदै पनि ओ पि डी एवं शल्यक्रियाहरुमा चिकित्सकको कमी देखिएकोले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने ।

    ५. स्वास्थ्य विमा कार्यक्रमबाट उपलब्ध गराईने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविछिन्न सेवा प्रवाह गर्ने ।

    ६. अस्पतालमा सेवाग्राहीहरुको भीड व्यवस्थापनका लागि तपसिल अनुसार गर्नेः सेवा काउन्टर थप गर्ने, अनलाईन टिकट काट्ने सेवा, अनलाईन समय व्यवस्थपान (टोकन नं अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने आदि ।

    ७. सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने।

    ८. अस्पतालको कुन सेवा कहाँ पाईन्छ भन्ने जानकारी नहुँदा पनि सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने हुँदा सोको निराकरणका लागि नक्सा (Navigator Map) वा स्वयं सेवक परिचालन सबैले देखिने गरी सेवाग्राही लक्षित विभिन्न ठाउँमा टाँस गर्ने ।

    ९. सार्वजानिक सेवा प्रवाहका अभिन्न अङ्ग जस्तैः सोध पुछ/ सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पीउने पानी, सफा शौचालयको व्यवस्था मिलाउने ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.