चितवन, १७ चैत्र – त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोरखातर्फ गुडेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूली नदीमा खसेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान सवा ७ बजेतिर सडकबाट ८० मिटर तल त्रिशूली नादीमा खसेको थियो ।इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली उद्धारमा खटिएको छ ।