Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम

    January 24, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Warning: Trying to access array offset on value of type bool in /home/nepalikh/public_html/wp-content/themes/nkhabarilal/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १० माघ – भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।

    साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ । साथै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटी भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) पनि बुझाउनु पर्ने छ ।

    युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा जानेहरुले कसैको करकाप वा प्रलोभनमा नपरी नितान्त भ्रमण प्रयोजनका लागि प्रस्थान गर्न लागेको स्वघोषणाको एउटा फारम पनि भरेर अध्यागमन कार्यालयमा बुझाउनुपर्ने छ ।

    अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी प्रेमप्रसाद दाहालले भिजिट भिसाको नाममा ठगी हुने, नक्कली कागजात बनाएर विदेश जाने र उतै लुक्ने क्रम बढेपछि नयाँ नियम लागू गरिएको जानकारी दिए । यसबाट भिजिट भिसाको नाममा हुँदै आएको विकृति रोकिने विभागको विश्वास छ ।

    यसअघि अध्यागमन ऐन २०४९, नियमावली र निर्देशिकामा भिजिट भिसा के हो भन्ने स्पष्ट छैन । त्यहाँ पर्यटक भिसाको कुरा मात्र छ । त्यसैले २०७८ सालमा सचिवस्तरीय निर्णयबाट भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड जारी गरेर स्पष्ट पार्ने प्रयास गरिएको थियो । ‘१७ बुँदे लागू भएपछि झन् धेरै विकृतिहरु देखिन थाले,’ निर्देशक दाहालले  भने, ‘नक्कली कागजात बनाएर विदेश जाने, ठगिने, विदेश गएर उतै लुक्ने, दुःख पाउने जस्ता काम विकृतिहरु देखिएपछि १७ बुँदेलाई खारेज गरेर अहिले ६ बुँदे नियम ल्याइएको हो ।’

    ६ बुँदे नियमसँगै ट्राभल एडभाइजरी पनि जारी गरिएको छ । त्यसमा के-के गर्ने, के-के नगर्ने कुराहरु उल्लेख छन् । त्यो ट्राभल एडभाइजरी ७५३ वटै स्थानीय तहमा पठाइएको निर्देशक दाहालले बताए । गाउँघरमा जनचेतना फैलाउने काम होस् भन्ने उद्देश्यले सबै पालिकाहरुमा ट्राभल एडभाइजरी पठाइएको उनको भनाइ छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य

    टेक्ससको ड्यालसमा संगीतमय रामायण महोत्सव, भक्तजनको उल्लेखनीय सहभागिता

    Demo
    Top Posts

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Don't Miss
    Diaspora

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन सुरु गरेको करिब…

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.