Close Menu
Nepali Khabarilal
    What's Hot

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    पर्वतको पैयुँ गाउँपालिकामा १० करोडको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण हुँदै

    August 25, 20264 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सामना देबकोटाबाट

    पर्वत जिल्लाको पैयुँ गाउँपालिकामा करिब १० करोड रुपैयाँको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण भइरहेको छ। ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त पहलमा निर्माण भइरहेको परियोजनाको काम अन्तिम चरणमा पुगेको छ। आगामी माघ महिनाको तेस्रो साता औपचारिक उद्घाटन गर्ने गरी निर्माण तथा व्यवस्थापनको तयारी अघि बढाइएको छ।

    अनाथ, विपन्न, अल्पसंख्यक तथा विभिन्न अवसरबाट वञ्चित बालबालिकालाई सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य, सीप विकास र आत्मनिर्भर जीवनका लागि आवश्यक अवसर उपलब्ध गराउने उद्देश्यले ‘सम्सारा घर’ परियोजना अघि बढाइएको हो।

    परियोजनालाई बालबालिकालाई आश्रय दिने केन्द्रमा मात्र सीमित नराखी सक्षम, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक निर्माण गर्ने दीर्घकालीन अभियानका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। यहाँ आश्रित बालबालिकाले निःशुल्क आवास, पौष्टिक भोजन, गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, स्वास्थ्य सेवा, नेतृत्व विकास, व्यावसायिक सीप तथा उच्च शिक्षासम्मको अवसर पाउनेछन्।

    बालबालिकालाई व्यवहारिक जीवनका लागि आवश्यक सीप, अनुशासन, श्रमको सम्मान तथा जिम्मेवारीबोध सिकाउने विषयलाई समेत परियोजनाले शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउने जनाएको छ।

    चार रोपनीमा आवास, थप तीन रोपनीमा कृषि तथा पशुपालन

    ‘सम्सारा घर’ निर्माणका लागि राजेन्द्र अञ्जना फाउन्डेशनलाई चार रोपनी जग्गा उपलब्ध गराइएको छ। कृषि तथा पशुपालन कार्यक्रम सञ्चालनका लागि थप तीन रोपनी जग्गा खरिद गरिएको छ भने श्रेष्ठ परिवारकै स्वामित्वमा रहेको अन्य खेतीयोग्य जमिनसमेत कृषि उत्पादनका लागि फाउन्डेशनलाई निःशुल्क प्रयोग गर्न दिइएको जनाइएको छ।

    परियोजनालाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई तथा भैंसीपालनबाट दूध, बाख्रापालनबाट मासु तथा कुखुरापालनबाट मासु र अण्डा उत्पादन गर्ने योजना छ। आफ्नै जमिनमा धान, मकै, गहुँ, कोदो, विभिन्न तरकारी तथा मौसमी बाली उत्पादन गर्ने तयारीसमेत भइरहेको छ।

    यसबाट बालबालिकालाई ताजा तथा स्वस्थ खाद्यान्न उपलब्ध हुनुका साथै उनीहरूले कृषि, वातावरण संरक्षण, श्रमको सम्मान, जिम्मेवारी तथा आत्मनिर्भर जीवनसम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्ने संस्थाको अपेक्षा छ।

    आवश्यकताभन्दा बढी उत्पादन हुने दूध, अण्डा, मासु, अन्न तथा तरकारीलगायतका सामग्री स्थानीय बजारमा बिक्री गरिनेछ। बिक्रीबाट प्राप्त आम्दानी बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, व्यावसायिक तालिम तथा परियोजनाको विस्तारमा पुनः लगानी गरिने जनाइएको छ।

    तीन वर्षमा ५० बालबालिकालाई सेवा दिने लक्ष्य

    हाल ‘सम्सारा घर’मा १० जना बालबालिका आश्रित छन्। आगामी तीन वर्षभित्र ५० जना बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउने लक्ष्य परियोजनाले लिएको छ।

    आवासीय सुविधासँगै परियोजनाअन्तर्गत २५० सिट क्षमताको बहुउद्देश्यीय सभाहल, खेल मैदान, पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला, स्वयंसेवक आवास र नेतृत्व विकास केन्द्र निर्माण गर्ने योजना रहेको छ। बालबालिकालाई आत्मनिर्भर बनाउन विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

    ‘सम्सारा घर’को पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला Rotary International Global Grant अन्तर्गत अमेरिकाको Fair Lawn Sunrise Rotary Club तथा नेपालको Fishtail Rotary Club, Pokharaको सहकार्यमा निर्माण भइरहेको संस्थाले जनाएको छ।

    करिब १० करोड रुपैयाँको दीर्घकालीन सामाजिक लगानी

    सम्पूर्ण परियोजनाको अनुमानित लागत करिब १० करोड रुपैयाँ अर्थात् करिब ६ लाख ७० हजार अमेरिकी डलर रहेको संस्थाले जनाएको छ। संस्थाका अनुसार यो भवन निर्माणमा मात्र गरिएको लगानी नभई नेपालका बालबालिकाको सुरक्षित, शिक्षित र आत्मनिर्भर भविष्यका लागि गरिएको दीर्घकालीन सामाजिक लगानी हो।

    परियोजनाले आर्थिक पारदर्शिता र बालबालिकाको भविष्यको सुरक्षालाई समेत प्राथमिकतामा राखेको जनाएको छ। ‘सम्सारा घर’का लागि प्राप्त हुने नगद दान दैनिक सञ्चालन खर्चमा प्रयोग नगरी प्रत्येक बालबालिकाको नाममा उच्च ब्याजदरको बचत कोषमा सुरक्षित राख्ने व्यवस्था गरिनेछ। माध्यमिक शिक्षा पूरा गरेपछि सम्बन्धित बालबालिकाले उच्च शिक्षा, व्यावसायिक तालिम वा भविष्य निर्माणका लागि उक्त रकम उपयोग गर्न सक्ने व्यवस्था गरिने फाउन्डेशनले जनाएको छ।

    व्यवसायको नाफाको ७५ प्रतिशत सामाजिक सेवामा

    परियोजनाको अर्को महत्वपूर्ण पक्ष सामाजिक उद्यमशीलता रहेको छ। श्रेष्ठ परिवारद्वारा सञ्चालित ARC Beauty Salon र Himalayan Fresh Water बाट हुने नाफाको ७५ प्रतिशत हिस्सा ARC for Nepalमार्फत अमेरिका तथा नेपालमा सञ्चालन हुने सामुदायिक सेवा र बालबालिकाको भविष्य निर्माणमा लगानी गर्ने गरिएको संस्थाले जनाएको छ।

    व्यवसायबाट प्राप्त सफलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदाय तथा बालबालिकाको भविष्यमा लगानी गर्न सकिन्छ भन्ने सन्देश दिन यो अभ्यास अघि बढाइएको संस्थाको भनाइ छ।

    विश्वभरका सहयोगीलाई सहकार्यको आह्वान

    ‘सम्सारा घर’को निर्माण तथा उद्घाटन तयारी अन्तिम चरणमा पुगेसँगै ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनले विश्वभर रहेका व्यक्ति, व्यवसायी, रोटरी क्लब, संघसंस्था तथा दातृ निकायलाई परियोजनामा सहकार्य गर्न आह्वान गरेका छन्।

    संस्थाले सफलता केवल व्यक्तिगत उपलब्धि नभई अरूलाई अघि बढ्ने अवसर सिर्जना गर्ने माध्यम हुनुपर्नेमा जोड दिएको छ। परिवार, व्यवसाय र संस्थाले आफ्नो सफलताको केही हिस्सा बालबालिकाको भविष्य निर्माणमा लगानी गरे हजारौँ जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उसको विश्वास छ।

    ‘सम्सारा घर’ परियोजना, निर्माण प्रगति, बालबालिकाका लागि सञ्चालन हुने कार्यक्रम तथा सहयोगसम्बन्धी थप जानकारीका लागि ARC for Nepalका संस्थापक राजेन्द्र श्रेष्ठ (Ray) लाई (201) 519–2959 मा सम्पर्क गर्न वा ray@arcfornepal.org मा इमेल गर्न सकिनेछ। परियोजनाबारे थप विवरण www.arcfornepal.org मा उपलब्ध रहेको ARC for Nepal ले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    एनआरएनए अमेरिकाका दुई एनसीसीबीचको एकीकरण टुंगियो, एउटै एनसीसीमार्फत अघि बढ्ने

    नेपाली जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रराज कार्कीको उम्मेदवारी घोषणा

    Demo
    Top Posts

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Don't Miss
    Diaspora

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    नेपाली खबरीलालयुलेस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी…

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.