Close Menu
Nepali Khabarilal
    What's Hot

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    उबरले काठमाडौँमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    May 21, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    विश्वप्रसिद्ध अमेरिकी यात्रा साझेदार कम्पनी उबरले काठमाडौँमा टेस्ट ड्राइभ सुरू गरेको छ। ट्याक्सीमान्डुसँगको रणनीतिक साझेदारीमा उबर अहिले नेपाल प्रवेश गरेको हो।

    ‘आजबाट हामीले काठमाडौँमा उबरको टेस्ट ड्राइभ सुरु गरेका छौँ,’ ट्याक्सीमान्डुका संस्थापक अर्जुन केसीले नेपालखबरसँग भने।

    उबरलाई नेपालमा स्थापित गर्न ब्याक–अफिसको रुपमा सहयोग गर्ने जिम्मेवारी ट्याक्सीमान्डुले पाएको छ। 

    ‘उबरको प्रविधि नेपाल ल्याउने, त्यसको प्रयोगको परीक्षण गर्ने, राइड सेयरिङको लागि ड्राइभर खोज्ने र उनीहरूलाई प्रशिक्षित गर्ने जिम्मेवारी ट्याक्सीमान्डुको छ,’ केसीले भने, ‘अहिले हामीले टेस्टिङ लन्च गरेको हो। हप्ता दश दिनमा उबरको तर्फबाट औपचारिक रुपमा राइड सेयरिङ लन्च भएको घोषणा हुन्छ।’

    एक साता अगाडि उबरसँग रणनीतिक साझेदारीको सम्झौता गरेको उनले बताए।

    ‘आजबाट उबरको एप्लिकेशनमार्फत राइड सेयरिङ बुक गरेर यात्रा गर्न मिल्ने भएको छ। यो परीक्षणको लागि सुरु गरिएको हो। केही समय प्रविधिको परीक्षण गर्ने योजना छ,’ उनले भने।

    यसअघि ट्याक्सीमान्डुले याङ्गोलाई पनि नेपाल भित्र्याउन सहजीकरण गरेको थियो। याङ्गो र ट्याक्सीमान्डुले एक वर्ष सहकार्य गरेका थिए। अहिले ट्याक्सीमान्डु याङ्गो छाडेर उबरको रणनीतिक साझेदार बनेको हो।

    अमेरिकी राइड–हेलिङ कम्पनी उबर सतप्रतिशत वैदेशिक लगानी सहित नेपाल आउने भएको छ।

    उबर नेपाल आउनका लागि २०७४ साउन १ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा कार्यालय रहने गरी ‘उबर नेपाल’ दर्ता भएको थियो।

    राइड सेयरिङ व्यवसाय मोबाइल एपबाट चल्छ। सरकारले यसलाई सूचना प्रविधि अर्थात् आइटी उद्योग अन्तर्गत राखेको छ। यो व्यवसायमा २ करोड रुपैयाँ भए पनि विदेशी लगानी स्वीकार्य हुन्छ।

    उबर नेपाल दर्ता हुँदा नेपालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ जारी भएको थिएन। अहिले यो ऐनले प्रविधि क्षेत्रमा शतप्रतिशत विदेशी लगानी खुल्ला गरेको छ। सोही आधारमा उबर शतप्रतिशत लगानीमा नेपाल आएको हो। तर, कम्पनीमा सुरुमा कति लगानी गर्ने भन्ने खुलाएको छैन।

    ‘लगानी र अन्य रणनीतिक विषयमा अहिले हामीले सार्वजनिक गर्न मिल्दैन। केही दिनमा उबरका प्रतिनिधिले नै यो विषय सार्वजनिक गर्छन।

    ट्याक्सीमाण्डुले प्रविधि परीक्षणमा सहयोग गर्ने मात्रै हो,’ केसीले भने।

    उबरका कार, बाइक सेयरिङ सेवा अन्तर्गत पाँच फरक–फरक श्रेणीका सेवाहरू छन्। उबर एक्स, उबर मोटो, उबर एक्सएल, उबर प्रिमियर तथा उबर अटो भनेर विभिन्न श्रेणीमा उबरले राइड सेयरिङ चलाउँछ।

    त्यसैगरी, ग्राहकलाई ग्रोसरी, औषधि र रेष्टुराँको खाना डेलिभरी गर्ने अर्को सेवा पनि चर्चित छ। पार्सल लजिष्टिक, उबेर रेन्टल, रिजर्भ र कार्गोको ढुवानी सेवा यसले प्रदान गर्छ। भारत र अमेरिकामा महिलाहरुका लागि महिलाले नै सवारी साधन चलाउने फिचर पनि उबरले प्रयोगमा ल्याएको छ।

    विदेशमा उबरले निजी कारलाई समेत व्यावसायिक राइड–हेलिङ सेवा प्रदान गर्छ। तर नेपालमा भने निजी सवारी साधन (रातो प्लेट)ले भाडामा यात्रु बोक्न पाउने कानुनी व्यवस्था छैन।

    अहिले पठाओ, इनड्राभ र याङ्गोले नेपालमा राइड–सेयरिङ सेवा दिइरहेका छन्। उनीहरुले विशेषगरी ट्याक्सी र मोटरसाइललाई राइड–सेयरिङमा जोडेका छन्।

    निजी सवारी साधन (मोटरसाइकल)लाई यात्रु बोक्ने काममा प्रयोग गरेको भनेर यसको विरोध पनि हुँदै आएको छ।
    तर, विश्वप्रसिद्ध कम्पनी उबर नै राइड सेयरिङको लागि नेपाल आएपछि सरकारले राइड–सेयरिङलाई कसरी कानुनी वैधता दिन्छ भन्ने प्रश्न झनै पेचिलो बनेको छ।

    नेपाल खबरबाट साभार

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    बिडीएको दोस्रो वार्षिक साधारण सभा मे २५ मा कोलोराडोमा हुने

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    Demo
    Top Posts

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    उबरले काठमाडौँमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    Don't Miss
    Diaspora

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    नेपाली खबरीलाल अस्टिन, टेक्सास टेक्ससको राजधानी अस्टिनमा सक्रिय नेपाली समुदायको साझा संस्था ग्रेटर अस्टिन नेपाली समाज …

    लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्याङ्जामा स्थापित सहयोग कोषमा रकम हस्तान्तरण

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने

    उबरले काठमाडौँमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.