Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    May 6, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    बाल्टिमोर (अमेरिका)
    उत्तर अमेरिकामा सक्रिय नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १९औँ वार्षिक साधारण सभा शनिबार मेरिल्याण्डको प्रमुख शहर बाल्टिमोरमा सम्पन्न भएको छ ।
    अमेरिकाका विभिन्न राज्यबाट सहभागी नेजा सदस्यहरूको सहभागिता रहेको उक्त साधारण सभाले महासचिव ईश्वरी न्यौपानेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष झरना अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा वरिष्ठ पत्रकार एवं नेजाका आजीवन सदस्य सतीश चापागाईंले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलसहित पारित गरेको नेजाले जनाएको छ ।
    साधारण सभामा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले नेपालको विकास र समृद्धिमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै डायस्पोरालाई मातृभूमिसँग जोड्न नेजासम्बद्ध पत्रकारहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले प्रवासी नेपाली समुदायलाई सूचना र शिक्षामार्फत सशक्त बनाउँदै उनीहरूले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्न नेपाली मिडियाले प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे ।
    कार्यक्रममा अमेरिकी समुदायका अगुवा तथा जनप्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा मेरिल्याण्ड स्टेट सिनेटर काल्र्स ज्याक्सन, मेरिल्याण्ड हाउस अफ डेलिगेट्सका डा. ह्यारी भण्डारी, किम एल. रोस, निक एलेन, बाल्टिमोर काउन्टी सदस्य प्याट यंग तथा इमिग्रेन्ट अफेयर्स आउटरीच कोअर्डिनेटर रिचर्ड ओर्टेगा लगायतले आफ्ना धारणा राख्दै आप्रवासी समुदायको योगदानले अमेरिका बलियो बनेको उल्लेख गरे ।

    त्यसैगरी, एनआरएनए अमेरिकाका निर्वतमान अध्यक्ष डा. अर्जुन बञ्जाडे, उपाध्यक्षद्वय दीपक सापकोटा र सुनीता खत्री, अनेसासका सचिव नारायण अधिकारी, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष जितेन गुरुङ, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका उपसचिव प्रभु थापा तथा एनआरएनए मेरिल्याण्ड च्याप्टर अध्यक्ष बाबुराम भट्टराई लगायतले समुदायका लागि मिडिया र नेजाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायका आवाजलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

    यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष बद्री विनोद प्रतिक, नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, पूर्व अध्यक्षद्वय गौतम दाहाल र भोला आचार्य, सल्लाहकार मोहन सिंह लामा, अग्रज पत्रकार तरुण पौडेल, पत्रकार नारायण पुरी, सतीश चापागाईं तथा सामुदायिक रेडियो प्रसारक संघकी उपाध्यक्ष दीपु पोखरेल ज्ञवाली लगायतले पत्रकारितामा देखा परेका चुनौती र यसको भूमिकाबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

    संघका महासचिव ईश्वरी न्यौपानेको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष कल्पना घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गरिन् भने नेजा क्षेत्रीय संयोजक तथा साधारण सभा संयोजक सिर्जना काफ्लेले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सुरज भण्डारीले गरेका थिए।

    नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी तथा पूर्व अध्यक्षहरू गौतम दाहाल र भोला आचार्यलाई मेरिल्याण्ड हाउस अफ डेलिगेट्सका डा. ह्यारी भण्डारी, किम रोस र निक एलेनले सम्मान गरेका हुन् । पत्रकारिता र नेजाको नेतृत्वमार्फत समुदायका लागि पु¥याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हा े।

    क्षेत्रीय संयोजक काफ्लेलाई सम्मान

    साधारण सभाकै अवसरमा नेजाले संघकी डीसी मेट्रो क्षेत्र संयोजक तथा साधारण सभा कन्भेनर सिर्जना काफ्लेलाई सम्मान गरेको छ। काफ्ले मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टी महिला आयुक्तमा मनोनित भएको अवसरमा उनलाई सम्मान गरिएको हो। उनलाई संघका अध्यक्ष सुरज भण्डारी, कार्यवाहक राजदूत शरदराज आरण, मेरिल्याण्ड हाउस अफ डेलिगेट्सका डा. ह्यारी भण्डारी तथा नेजाका संस्थापक एवं पूर्व अध्यक्षहरूले सम्मान गरेका थिए।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.