नेपाली खबरीलाल
ड्यालस, टेक्सास
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन कार्यक्रमअनुसार आगामी जुलाई २७ र २८ तारिखमा निर्वाचन हुने तालिका तय गरिएको भए पनि सबै पदमा एक/एक मात्र उम्मेदवारी परेकोले निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो।
निर्वाचन आयोगद्वारा सार्वजनिक नामावलीअनुसार अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष विकास उप्रेती निर्वाचित भएका छन्।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ चयन भएका छन्। उपाध्यक्षमा क्रमशः दीपक सापकोटा , दिवाकर पाण्डे, कुमार तामाङ र थलविर ओली निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा शान्ति पौड्याल तथा युवा उपाध्यक्षमा विष्णु प्रसाद पौडेल चयन भएका छन्।
महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना तथा सह–कोषाध्यक्षमा मनोजकुमार ठगुन्ना निर्वाचित भएका छन्। त्यस्तै, महिला संयोजकमा साबित्रा सिवाकोटी र युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले आधिकारिक रुपमा घोषणा गरेको निर्बाचित पदाधिकारीहरुको सूची


