Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    “टेक्ससको ड्यालसमा नेपाल सरकारको महावाणिज्य दूतावास सञ्चालनको तयारी सुरु”

    June 17, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    नेपाल सरकारले टेक्ससको ड्यालसमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। उक्त कार्यालयका लागि नियुक्त भई आउनु भएका सहसचिव तथा महावाणिज्यदूत श्री सुरेश अधिकारीले कार्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिनुभएको हो।

    नेपाली समाज टेक्ससद्वारा मंगलबार ड्यालसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महावाणिज्यदूत अधिकारीले दूतावास कार्यालय स्थापनाका लागि स्थानको छनोट कार्य भइरहेको र अमेरिकी सरकारबाट स्वीकृति प्राप्त भएपछि छिट्टै सेवा सञ्चालनमा आउने जानकारी दिनुभयो।

    ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावास कार्यालयले टेक्सससहित ओकलाहामा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, क्यान्सस, मिसिसिपी र कोलोराडो राज्यका नेपाली समुदायलाई सेवा प्रदान गर्ने जनाइएको छ। परराष्ट्र मन्त्रालयद्वारा उक्त कार्यालयका लागि चार जना कर्मचारी पदस्थापन गरिएका छन्, जसमा सहसचिव तथा महावाणिज्यदूत सुरेश अधिकारी र उपसचिव श्रीमती धना जोशी हाल ड्यालसमा रही नेपाली समुदायका अगुवासँग छलफल र समन्वय गरिरहनु भएको छ।

    सोही कार्यक्रममा नेपाली समुदायका अगुवाहरूले नेपाल सरकारले स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालयलाई नेपाली समुदायकै कार्यालयका रूपमा लिँदै पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

    नेपाली समाज टेक्ससका महासचिव विजय भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा महावाणिज्य दूतावास स्थापना कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    उक्त अवसरमा युलेस सिटीका उप–प्रमुख टिका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सिता सापकोटा, नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष प्रेम अधिकारी, गैरआवासीय नेपाली संघ (अमेरिका) का वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, पानस अमेरिकाका अध्यक्ष रवि रावल, प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव विजय भट्टराई, ग्रेटर अस्टिन नेपाली समाजका कोषाध्यक्ष धिरेन्द्र यादव, नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्की, जनप्रगतिशील मञ्च अमेरिकाका ओम लामिछाने तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.