Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्ससको ड्यालसमा नेपाली बालबालिकालाई सुरक्षा सम्बन्धी जानकारी

    June 5, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस टेक्सस
    टेक्सस राज्यको ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली बालबालिकालाई स्थानीय सुरक्षा प्रणालीसम्बन्धी जानकारी प्रदान गरिएको छ।
    नेपाली समाज टेक्सस र ग्लोबल नेपाली पाठशालाको संयुक्त आयोजनामा सञ्चालित दुई हप्ते समर क्याम्प (गर्मी शिविर) अन्तर्गत बुधबार युलेश सिटीमा प्रहरी र अग्निनियन्त्रक अधिकारीहरूले बालबालिकालाई व्यक्तिगत तथा सार्वजनिक सुरक्षाका विविध पक्षमा जानकारी दिएका हुन्।
    कार्यक्रमको अवसरमा बालबालिकाले प्रहरी र अग्निनियन्त्रण गाडीमा जडान गरिएका उपकरणहरूको अवलोकन गर्नुका साथै सुरक्षा प्रणालीसम्बन्धी सैद्धान्तिक जानकारीसमेत पाए।
    पाठशालाका प्रमुख डा. भोजबहादुर बलायरका अनुसार, विगतदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको समर क्याम्पमा यस वर्षदेखि सुरक्षा विषयलाई समेत समावेश गरिएको हो। यसअघि क्याम्पमा मुख्य रूपमा सांस्कृतिक तथा आध्यात्मिक विषयवस्तुमा मात्रै ध्यान दिइँदै आएको थियो।
    युलेशस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजित क्याम्पमा दुई चरणमा गरी २०० भन्दा बढी नेपाली मूलका बालबालिकाले सहभागिता जनाएका छन्।
    नेपालका चर्चित सांस्कृतिक तथा आध्यात्मिक ज्ञाता डा. चिन्तामणि नाथ योगी प्रमुख प्रशिक्षक रहेका शिविरमा नेपाली भाषा, संस्कृति, परम्परा, योग, नाटक तथा नृत्य, नेतृत्व विकास, वित्तीय साक्षरतालगायतका विषयमा बालबालिकालाई प्रशिक्षण दिइँदैछ।
    नेपाली भाषा, कला र संस्कृतिबाट अमेरिकामा जन्मेका वा हुर्केका बालबालिकालाई नेपालसँग जोड्ने उद्देश्यले ग्लोबल नेपाली पाठशालाले महत्त्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष राजेन्द्र वाग्लेले बताए।
    नेपाली समाज टेक्ससले आफ्नै पाठ्यक्रम निर्माण गरी ग्लोबल नेपाली पाठशालामा नियमित पठनपाठन सञ्चालन गर्दै आएको छ। साथै, अमेरिकाको विभिन्न मौसम अनुसार शिविरहरू आयोजना गर्दै आएको समाजले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.