Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशनको तयारी पूरा

    May 29, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    onf agm - 1
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, अमेरिका

    प्रवासी नेपाली मञ्च अमेरिकाको ड्यालसमा हुन लागेको चौथो अधिवेशनको तयारी पूरा भएको छ । यही मे ३१ देखि सुरु हुने दुईदिने राष्ट्रिय अधिवेशनका लागि करिब सबै तयारी पूरा भएको मूल व्यवस्थापन समितिका संयोजक गोकर्ण दाहालले जानकारी दिनुभयो ।

    संयोजक दाहालका अनुसार ड्यालसको अर्भिङस्थित हिल्टन होटलमा हुने अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले मे ३१ का दिन दिउँसो २ बजे गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनमा अमेरिकाका विभिन्न राज्य समितिबाट २३५ जना प्रतिनिधि र ११ जना पर्यवेक्षकको सहभागिता रहनेछ ।

    अमेरिकी कानुनअन्तर्गत दर्ता भएको सामाजिक संस्था भएकाले प्रवासी नेपाली मञ्च अमेरिकाको यसपटकको अधिवेशनमा नेपालबाट कुनै पनि अतिथिलाई आमन्त्रण नगरिएको मञ्चले जनाएको छ ।

    प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशनको व्यवस्थापन मूल व्यवस्थापन समिति र टेक्सास राज्य समितिले संयुक्त रूपमा गरेका छन् ।

    अधिवेशनका लागि आउने प्रतिनिधि तथा पर्यवेक्षकहरूका लागि ड्यालसको अर्भिङस्थित हिल्टन होटलमा आवासको व्यवस्था गरिएको र नजिकैको ‘भेटघाट रेस्टुरेन्ट’ मा खानाको व्यवस्था मिलाइएको टेक्सास राज्य समितिका अध्यक्ष राजु नेपालले जानकारी दिनुभयो ।

    प्रवासी नेपाली मञ्च अमेरिकाले अधिवेशनको उद्घाटन कार्यक्रममा विज्ञहरूलाई बोलाएर विभिन्न व्यवसाय तथा पछिल्लो अमेरिकी कानुनका विषयमा आफ्ना सदस्यहरूलाई जानकारी दिने कार्यक्रमसमेत तय गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.