Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    होलीमा रङ्गियो ड्यालसको ग्रेपभाईन लेक

    March 11, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस टेक्सास
    टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा आईतबारको मौसम निकै चिसो थियो । पूर्बनिर्धारित कार्यक्रम अनुसार मेघा होलीको तयारीको लागि नेपाली समाज टेक्सस र ईन्द्रेणी साँस्कृतिक संघका पदाधिकारी सदस्यहरु ड्यालसको सुन्दर पर्यटकिय स्थल ग्रेपभाईन लेक पुगि सकेका थिए । सिमसिम पानी, चिसो मौसमका कारण मेघा होली कार्यक्रम हुने नहुने भन्दै आयोजकका मोबाईलमा दर्जनौं घण्टी बज्न थाल्यो । आयोजकहरुलाई एकछिन त फेसबुक लाईभ तथा भिडियो सन्देश मार्फत जानकारी दिन भ्याईनभ्याई भयो ।
    दिउसो ३ बजे पछि मौसममा सुधार भएपछि ड्यालस फोर्टवर्थका नेपालीहरु सपरिवार होली खेल्न ग्रेपभाईन लेक पुगे । एक आपसमा रंग लगाएर होलीको शुभकामना आदानप्रदान गरे । छबिराज सुनार लगायतका कलाकारहरुले बिभिन्न प्रस्तुती मार्फत सहभागिहरुलाई भरपुर मनोरन्जन दिए । बिभिन्न नेपाली गीत संगीतमा नाच्दै गाउँदै ग्रेपभाईन लेकलाई रंगीन बनाए ।
    हामीले करिब ७ हजार नेपाली समुदायको अपेक्षा गरेका थियौं तर प्रतिकुल मौसमका कारण ३ हजार बढी नेपाली समुदाय मेघा होली कार्यक्रममा उपस्थित भएको नेपाली समाज टेक्ससका महासचिब बिजय भुसालले बताए ।
    मेघा होली कार्यक्रम ड्यालस फोर्टवर्थ क्षेत्रमा सकृय नेपाली समुदायका करिब एक दर्जन संस्था समेतको सहभागितामा नेपाली समाज टेक्सस र ईन्द्रेणी साँस्कृतिक संघले आयोजना गरेको थियो । नेपाली पात्रो अनुसार यस बर्षको होली १३ मार्चमा परेको भएपनि सार्बजनिक स्थानको उपलब्धता र सबैलाई पायक पर्ने बिदाको दिन पारेर आईतबार मेघा होली कार्यक्रम आयोजना गरिएको नेपाली समाज टेक्ससले जनाएको छ ।
    नेपाली समाज टेक्ससका महासचिब बिजय भुसाल तथा ईन्द्रेणी साँस्कृतिक संघका महासचिब तेज अर्यालको संचालनमा भएको मेघा होली कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले होली लगायतका नेपाली चाडपर्बले प्रवासी नेपालीहरुलाई थप एकताबद्ध र सुदृढ बनाउँदै मातृभूमिसंग जोड्न मद्दत गरेको बताए । हामी सबैका लक्षित समुदाय एउटै भएकाले नेपाली चाडपर्बहरु छुट्टा छुट्टै मनाउनु भन्दा संयुक्त रुपमा मनाउन नेपाली समाज टेक्ससले पहल गर्ने र त्यसका लागि सहयोग गर्न वाग्लेले सबैमा आह्वान गरे ।
    साँस्कृति कार्यक्रममो संचालन मौसम भट्टराईले गरेका थिए ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.