नेपाली खबरिलाल
अस्टिन टेक्सस
टेटेक्सासको राजधानी अस्टिन स्थित पशुपतिनाथ मन्दिरमा भब्य रुपमा महाशिबरात्री मेला सम्पन्न भएको छ । उक्त मेलामा बुधबार मात्रै ३ हजार बढी नेपालीहरुले दर्शन गरेको ग्रेटर अस्टिन नेपाली समाजले जनाएको छ ।
अस्टिन स्थित पशुपतिनाथ मन्दिरमा बुधबार बिहानै देखि श्रद्धालु भक्तजनहरुको घुईंचो लागेको थियो । प्राय नेपालीहरु काममा व्यस्त रहने भएकाले नेपालीहरु समय मिलायर बालबालिका देखि बृद्धबृद्धासम्म दर्शन गर्न पशुपतिनाथ मन्दिर पुगेका थिए ।
यस बर्षको महाशिबरात्री मेलामा नेपाली समुदायको उल्लेख्य रुपमा सहभागिता रहेको ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष बिदुर खतिवडाले बताउनु भयो । शिबरात्री मेलामा राती अबेरसम्म दर्शनार्थीहरुको घुईचो लागेको थियो । बेलुकी ५ बजे पछि श्रद्धालु भक्तजनहरुको घुईंचो बढेपछि भिड व्यवस्थापन गर्न स्वयंसेवकहरुलाई हम्मेहम्मे परेको थियो ।
टेक्ससको अस्टिनमा नयाँ निर्माण भएको पशुपतिनाथ मन्दिर र शिबरात्री मेलामा नेपालीहरुको उल्लेख्य सहभागिता देख्दा नेपालको झल्को आएको दर्शनार्थीहरुले प्रतिकृया दिएका थिए ।
महाशिबरात्री मेलामा कलश यात्रा, महारुद्र अभिषेकम, बिशेष आरती तथा भजनकिर्तन आदी धार्मिक कार्यक्रम आयोजना गरिएका थिए ।यसैगरि टेक्ससको युलेश स्थित पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको महाशिबरात्री मेलामा पनि नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
फोटोमा शिबरात्री मेला

