Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्सासमा महाशिबरात्री पर्बको भब्य तयारी

    February 25, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल
    ड्यालस टेक्सस
    यस बर्षको महाशिबरात्री पर्ब मनाउन अमेरिकाको टेक्ससमा भब्य तयारी गरिएको छ । टेक्ससका बिभिन्न स्थानमा रहेका नेपाली मन्दिर(पशुपतिनाथ मन्दिर) हरुमा महाशिबरात्री पर्बको रौनक शुरु भएको छ । महाशिबरात्री पर्बको अवसरमा यहाँका नेपाली मन्दिरहरु सरसफाइदेखि फूल तथा विभिन्न रङले सिङ्गारेर झकिझकाउ बनाईएको छ ।
    टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रको युलेशमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा आईतबार देखि महाशिबरात्री महोत्सब शुरु भएको छ । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाका अनुसार महाशिबरात्री महोत्सब आईतबार शुरु भइृ बुधवार समापन हुने छ । महोत्सबका क्रममा ग्लोबल नेपाली पाठशालाका बिद्यार्थीहरुले समेत भजन किर्तन प्रस्तुत गरिरहेको मन्दिरले जनाएको छ । महोत्सबका क्रममा दैनिक बेलुकी पूजाआजा, भजन किर्तन, महाआरती तथा धार्मिक अनुष्ठानका कार्यक्रम भईरहेका छन ।पशुपतिनाथ मन्दिरमा महाशिबरात्री महोत्सब तथा फ्रेबुअरी २६ का दिन हुने महाशिबरात्री मेलामा सबै नेपालीहरुलाई सहज रुपमा दर्शन तथा पूजाआजा गर्ने व्यवस्था मिलाईएको मन्दिरले जनाएको छ ।
    शिबरात्री पर्बलाई प्रवासमा उत्सबको रुपमा मनाउँदा नेपाली सँस्कृति, चाडपर्बको प्रबद्र्धन हुनुका साथै पुस्तान्तरण गर्न सहयोग पुग्ने केन्द्रकी अध्यक्ष सीता सापकोटाले बताउनु भयो ।
    यसैगरि टेक्ससको राजधानी अस्टिनमा बसोवास गर्ने नेपाली समुदायले यस बर्षको महाशिबरात्री पर्बलाई “महाशिवरात्रि तथा हट्टो सिटि ‘टेम्पल डे” का रुपमा मनाउने भएका छन । ग्रेटर अस्टिन नेपाली सोसाइटी अस्टिनको आयोजनामा स्थानीय पशुपतिनाथ मन्दिरमा फ्रेबुअरी २६ बुधबारका दिन भव्य पूजाआजा, महाआरती, तथा धार्मिक अनुष्ठानहरूको आयोजना हुने समाजका उपाध्यक्ष अशोक शाहीले बताउनु भयो । समाजका उपाध्यक्ष शाहीका अनुसार अस्टिन स्थित हट्टो सिटी काउन्सिलले गत वर्षदेखि महाशिवरात्री पर्बलाई “टेम्पल डे” को रूपमा आधिकारिक रूपमा घोषणा गरेकाले पनि नेपाली समुदायले महाशिबरात्री पर्बलाई बिशेष उत्सबका रुपमा मनाउन लागेको हो ।
    अस्टिन स्थित नेपाली पशुपतिनाथ मन्दिरमा सोमबार देखि बुधबार सम्म हरेक दिन शिवलिंग अभिषेक, दुग्धाभिषेक, फल तथा गंगाजल अर्पण, र वैदिक मन्त्रोच्चारण सहितको विशेष पूजा हुनेछन । भक्तजनहरूलाई हरेक दिन बिहानदेखि रातिसम्म दर्शन, पूजा, तथा विभिन्न धार्मिक अनुष्ठानहरूमा सहज रुपमा सहभागी हुन सक्ने गरि व्यवस्था मिलाईएको छ ।
    ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) ले महाशिवरात्री धार्मिक उत्सबमा भक्तजनहरूको सुविधाका लागि Adam Orgain Park 1001 Co Rd 137, Hutto, TX 78634 बाट प्रत्येक १० मिनेटमा निःशुल्क शटल बस सेवाको समेत व्यवस्था गरिएको जनाएको छ ।
    यस्तै टेक्ससको ह्युस्टन स्थित पशुपतिनाथ मन्दिरमा पनि महाशिबरात्री पर्ब मनाउन भब्य तयारी गरिएको छ । महाशिबरात्री पर्बको अबसरमा बुधबार फ्रेबुअरी २६ का दिन बिशेष पूजाआजा, महा प्रसाद, भजनकिर्तन लगायतका धार्मिक कार्यक्रम आयोजना गरिने नेपाली समाज ह्युस्टनका सल्लाहकार द्रोण गौतमले बताउनु भयो ।
    टेक्ससका बिभिन्न स्थानमा रहेका अन्य नेपाली मन्दिरहरुमा पनि महाशिबरात्री पर्ब उल्लासपूर्बक मनाउन तयारी गरिएको बुझिएको छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.