नेपाली खबरिलाल
ड्यालस, टेक्सस
यस बर्षको मगर दिवसको अवसर पारि टेक्ससको युलेश स्थित नेपाली मन्दिरमा आईतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको छ । कार्टर ब्लड केयरको सहयोग तथा ब्लड डोनर्स अफ अमेरिकासंगको समन्वयमा नेपाल मगर संघ टेक्सस च्याप्टरद्वारा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदानको लागि नाम दर्ता गरेका थिए । रक्तदानको लागि योग्य ५६ जनाले मात्र रक्तदान गरेको ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष शिब काफ्लेले जानकारी दिनु भयो । मगर संघ अमेरिकाले हरेक बर्ष मगर दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा सहभागि समाजसेवी दिपु भुसालले आफुले २७ औं पटक रक्तदान गरेको बताए ।
ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका सामाजिक संघ संस्थाहरुले स्थानीय स्तरमा रगतको अभाव हुन नदिन बेलाबेलामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

