Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    एनआरएनए टेक्ससले सफल नेपाली महिला उद्यमीहरुसँग अन्तरक्रिया गर्दै

    February 20, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल
    ड्यालस, टेक्सस
    गैरआवासीय नेपाली संघ अमेरिका टेक्सस च्याप्टरले स्थानीय सफल नेपाली महिला उद्यमीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर टेक्सस च्याप्टरले शनिबार टेक्ससको अर्भिङमा एक कार्यक्रमको आयोजना गरेर बिभिन्न पेशा व्यवसायमा सफल महिला व्यवसायीहरुसंग छलफल गर्न लागेको हो ।
    यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको नारा “ सबै महिला र केटीहरुका लागि ः अधिकार, समानता र सशक्तिकरण” रहेको छ । हामीले पनि नेपाली समुदायका महिलाहरुलाई अधिकार, समानता र सशक्तिकरणका बिषयमा जानकारी गराई सशक्त गराउने उद्देश्यले स्थानीय सफल नेपाली महिला उद्यमीहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए टेक्सस च्याप्टरका महिला संयोजक अनु तामाङले बताउनु भयो ।
    सफल महिला व्यवसायीहरुसंगको अन्तरक्रिया कार्यक्रम २२ फ्रेबुअरी शनिबारका दिन अर्भिङ स्थित भेटघाट रेष्टुरेन्टमा आयोजना हुने छ । कार्यक्रममा नेपाली समुदायका सफल महिलाहरु मध्य महिला उद्यमी यमुना भट्टराई, सर्टिफाईड पारालिगल सिर्जना शर्मा (पोखरेल), सर्टिफाईड फेमली नर्श प्राक्टिशनर अनु श्रेष्ठ र रियल स्टेट एण्ड ईन्स्युरेन्स एजेन्ट अनु तामाङ प्रमुख बक्ताका रुपमा रहने छन । प्रमुख बक्ताहरुले आफ्ना सफलताका कथाहरु प्रस्तुत गरेपछि सहभागि महिलाहरुका बिचमा अन्तरक्रिया गरिने एनआरएनए टेक्सस च्याप्टरले जनाएको छ ।
    गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरले हरेक बर्ष अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर जानकारीमूलक र सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । अमेरिकामा प्राय मानिसहरु काममा व्यस्त रहने भएकाले बिभिन्न दिवस लगायत सार्बजनिक कार्यक्रमहरु सबैलाई पायक पर्ने स्थान र मितिमा बिदाको दिन पारेर आयोजना गर्ने गरिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.