नेपाली खबरिलाल
ड्यालस, टेक्सस
टेक्ससको हस्र्ट स्थित श्रीकृष्ण प्रणामी हिन्दू समाजको १६ औं साधारणसभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
१६ औं साधारणसभा तथा चौथो अधिवेशनबाट निर्बाचित नयाँ नेतृत्वमा अध्यक्षमा दिपक ढकाल, उपाध्यक्ष उषा हुमागाई, उपाध्यक्ष मनोज अधिकारी, सचिव लालप्रसाद दंगाल (एलपिडी), सहसचिवः सुवास दंगाल र कोषाध्यक्ष प्रधुम्न सापकोटा, सह कोषाध्यक्ष विशाल खत्री रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा क्रमस सदस्य नवराज ढकाल, कन्हैया तिमल्सिना, रुपेश खतिवडा, डा सुनिल खनाल, असिम तिमल्सिना, स्नेह आचार्य चयन भएको समाजले जनाएको छ ।
यसै गरि सोही साधारणसभा तथा चौथो अधिवेशनले बोर्ड अफ ट्रस्टि पनि गठन गरेको छ । नयाँ बोर्ड अफ ट्रस्टि अध्यक्षमा राजु हुमागाई, उपाध्यक्ष सुजन खतिवडा, सचिव रोजि पाण्डे, कोषाध्यक्ष गोकुल हुमागाई सर्बसम्मत निर्बाचित हुनु भएको छ ।
श्रीकृष्ण प्रणामी हिन्दू समाजका अध्यक्ष नुरनाथ सुवेदीको अध्यक्षता तथा बोड अफ ट्रष्टीका सचिव जनक भण्डारीको संचालनमा सम्पन्न १६ औं साधारणसभा तथा चौथो अधिवेशनमा साधारणसभामा सहसचिव सुवास दंगालले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुजन खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन छलफल गरि पारित गरेको थियो ।
उक्त अवसरमा १६ औं साधारणसभा तथा चौथो अधिवेशनमा बोल्दै प्रमुख अतिथी मन्दिरका महन्त श्री सन्त पौडेलले समाजले प्रवासमा नेपाली भाषा, हिन्दू धर्म, संस्कृति, परम्पराको संरक्षण तथा सम्बद्र्धनका लागि सबैले लाग्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा वाणीसाधक चन्द्र प्रसाई, बोर्ड अफ ट्रष्टीका अध्यक्ष मिलन पौडेल, महिला समितिकी अध्यक्ष शारदा पुडासैनी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने समाजका उपाध्यक्ष दिपक ढकालले स्वागत मन्तब्य राखेका थिए ।
१६ औं साधारणसभा तथा चौथो अधिवेशनमा श्रीकृष्ण प्रणामी हिन्दू मन्दिर निर्माणमा सहयोग पुर्याउने सामाजिक व्यक्तित्वहरु पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल, चन्द्र प्रसाई, राजु हुमागाई, समाजसेवी भुवन आचार्य, बईजुराज महिला समिति, संस्थाका रजिष्टर्ड ऐजेन्ट दिनेश न्यौपाने, उद्धब पैडेल, नबराज ढकाल ,रोजी पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।
सन् २००९ मा स्थापना गरिएको समाजमा एकसय बढी प्रणामी परिवार आबद्ध रहेका छन । समाजले युलेश स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र नजिकै बृहत प्रणामी मन्दिर निर्माण गर्ने तयारी गरेको छ ।
