नेपाली खबरिलाल
ड्यालस टेक्सास
नेपाल र अमेरिका बीच दौत्य सम्वन्ध स्थापना भएको दिनको सम्झनामा टेक्सासमा रहेका नेपाली समुदायले नेपाल डे परेड कार्यक्रम आयोजना गर्ने भएका छन ।
टेक्ससमा सकृय नेपाली समुदायका प्रमुख संस्थाहरुको संयुक्त आयोजनामा टेक्सस राज्यको राजधानी अस्टिनमा आउँदो १६ फ्रेबुअरीका दिन ‘नेपाल डे परेड’ कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासका बिभिन्न स्थानबाट नेपाली समुदायको उल्लेख्य रुपमा सहभागिता रहने भएकाले यसलाई नेपाल उत्सबको रुपमा मनाउन लागिएको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष बिदुर खतिवाडाले जानकारी दिनु भयो ।
अध्यक्ष खतिवडाका अनुसार नेपाल डे परेड कार्यक्रम अस्टिनको हट्टो शहरमा दिउसो २ बजे देखि शुरु हुने छ । नेपाल डे परेड कार्यक्रममा नेपालको पहिचान झल्किने बिभिन्न साँस्कृतिक झाँकीहरु, नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बिभिन्न पोस्टरहरु तथा परेड प्रदर्शन गरिने छ ।
कार्यक्रममा नेपाली समुदायका अतिरिक्त स्थानीय सिटी, स्टेटका प्रतिनिधिहरुको समेत सहभागिता रहने ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले जनाएको छ ।
ग्रेटर अस्टिन नेपाली समाज अस्टिन, नेपलिज सोसाइटी टेक्सस, नेपलिज एसोसिएसन ह्युस्टन, स्यान एन्टोनियो नेपलिज एसोसिएसन र नेपलिज सोसाइटी अफ लबक नेपाल डे परेड कार्यक्रमको आयोजक रहेका छन ।
टेक्सासको अस्टिनमा नेपाल डे परेड आयोजना हुँदै
1 Min Read
