नेपाली खबरिलाल
ड्यालस टेक्सास
कृष्ण प्रणामी हिन्दु सेवा समाजले ड्यालसको युलेशमा नयाँ मन्दिर निर्माण गर्ने भएको छ । समाजको हालै हस्र्टमा सम्पन्न आठौं वार्षिकोत्सब कार्यक्रममा टेक्ससको युलेशमा ४ एकड जमिनमा नयाँ मन्दिर निर्माण गर्न लागिएको जानकारी दिईएको हो । हाल समाजको कार्यालय तथा मन्दिर हस्र्टमा रहेको छ ।
समाजको आठौं वार्षिकोत्सब कार्यक्रममा नयाँ निर्माण हुन लागेको मन्दिरको ग्राफिक्स भिडियो समेत प्रदर्शन गरिएको समाजका सँस्थापक दिनेश न्यौपानेले जानकारी दिनु भयो । ड्यालस क्षेत्रमा रहेका नेपाली समुदायमा अगुवाहरुको समेत उपस्थिती रहेको वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथी श्री १०८ लक्ष्मणदेब महाराज जीले झण्डोत्तोलन गर्नु भएको थियो ।
नूरनाथ सुबेदीको अध्यक्षता तथा बरिष्ठ उपाध्यक्ष दीपक ढकालको सन्चालनमा सम्पन्न बार्षिकोत्सब कार्यक्रममा मनोज अधिकारीको नेतृत्वमा रहेको टीमले स्वागत भजन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा वाणी साधक चन्द्र प्रसाईं जीको बिशेष अतिथी रहनु भएको थियो भने युलेश सिटीका उपमेयर टीका पौडेल र नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका पूर्ब अध्यक्ष डा मुरली अधिकारी, गैरआवासीय नेपाली समाज अमेरिकाका उपाध्यक्ष भानु खरेल, नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्याल, महासचिब बिजय भुसाल, सदस्य जीवलाल भुसाल, समाजकी महिला अध्यक्ष शारदा पुडासैनी न्यौपाने, समाजका पूर्ब केन्द्रिय अध्यक्ष बद्रीबहादुर केसी, निबर्तमान अध्यक्ष राजु हुमागाई लगायतका सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो ।


