नेपाली खबरिलाल
काठमाण्डौं
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा बरिष्ठ पत्रकार डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । प्रमुख सूचना आयुक्तमा डा. आचार्य सहित आयुक्तहरुमा क्रमस ः गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।
प्रमुख सूचना आयुक्तमा सिफारिस भएका डा. सुरेश आचार्य बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन । आयुक्तमा सिफारिस भएका गगन विष्ट प्रेस चौतारी नेपालका पूर्ब अध्यक्ष तथा नेकपा एमालेका प्रचार विभागका सचिव हुन । भने दुर्गा भण्डारी प्रेस काउन्सिल नेपालका पूर्ब सदस्य हुन ।
सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो । सिफारिस समितिले आयोगमा रिक्त हुन लागेको पदाधिकारी नियुक्तिको लागि सार्बजनिक सूचना जारी गर्दै सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन पेश गर्न आव्हान गरेको थियो ।
प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनु पर्दछ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने हुन्छ ।
राष्ट्रिय सूचना आयोगकोको प्रमुख आयुक्तमा डा. आचार्य
1 Min Read
