नेपाली खबरीलाल
न्यूयोर्क, अमेरिका
अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग टेक्सासका नेपाली समुदायले भेटेर टेक्सासको ड्यालसमा दूताबास सेवा कार्यालय स्थापना गर्न माग गरेका छन ।
टेक्सास स्थित नेपाली समुदायको तर्फबाट नेपाली समाज टेक्सासले एक ज्ञापन पत्र पेश गर्दै टेक्सासको ड्यालसमा कन्सुलर कार्यालय स्थापनाको लागि आग्रह गरेको हो ।
उक्त अवसरमा नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई न्यूयोर्कमा भेटेर टेक्सास र आसपासका राज्यमा रहेका गैरआवासीय नेपालीहरुको अवस्थाको वारेमा जानकारी गराउँदै टेक्सासको ड्यालसमा कन्सुलर अफिस अति आबश्यक रहेका ेजानकारी गराउनु भएको थियो ।
नेपाली समाज टेक्ससको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले टेक्ससमा नेपाल सरकारको कन्सुलर कार्यालय स्थापनाको लागि सकरात्मक रहेको बताउनु भयो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले ‘तपाईंहरू पहिलेदेखि प्रक्रियागत रुपमा आउनु भएको भए राम्रो हुने थियो । टेक्ससको सबै बस्तुस्थिति थाहा भयो । यस विषयमा आफु सकारात्मक रहेको नेपाली समाज टेक्ससका प्रतिनिधिहरुलाई जानकारी गराउनु भयो ।
ज्ञापन पत्र बुझाउने प्रतिनिधि टोलीमा नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष दिनेश शर्मा, प्रवक्ता किरण पौड्याल र स्कुल कोर्डिनेटर शब्दिता प्याकुरेल नेपाली जनसम्पर्क समिति डीएफडब्लुका अध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवासी नेपाली मञ्च ओएनफए टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल, नर्थ डालस नेपाली समाजका अध्यक्ष बादल भुजेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, जनक राना, गोकर्ण दाहाल , मणि भण्डारी, मनिष थापा र अर्जुन त्रिपाठी लगायत थिए ।
ज्ञापन पत्रमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेप्लिज एसोसियसन अफ ह्युस्टनका वरिष्ठ उपाध्यक्ष द्रोण गौतम, ग्रेटर अस्टिन नेप्लिज सोसाइटीका अध्यक्ष विदुर खतिवडा, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका प्रमुख बेद बस्नेत, नेपाली जनसम्पर्क समिति अमेरिका डिएफडब्लु च्याप्टरका अध्यक्ष ज्ञानेन्द्रराज कार्की, प्रवासी नेपाली मन्च टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल, पानस नेपालका अध्यक्ष रवि रावल, जनप्रगतिशील मन्चका अध्यक्ष राजु सुवेदी, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शंकर पन्तको ज्ञापन पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

