Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    ड्यालसमा कन्सुलर अफिस स्थापनाको लागि ओएनएफ टेक्सासले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

    September 19, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सास
    प्रवासी नेपाली मन्च टेक्सासले ड्यालसमा दूताबास सेवा कार्यालय स्थापनाको लागि प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराउने भएको छ ।
    प्रधानमन्त्री केपी ओलीको आसन्न अमेरिका भ्रमणका क्रममा प्रवासी नेपाली मन्च टेक्सास च्याप्टरले बिगत देखि गरिएको पहलको स्मरण गराउदै कार्यान्वयनको लागि पुन ः ध्यानाकर्षण गराउने भएको हो ।
    नेपाली समुदायको बाक्लो बसोबास रहेका टेक्सासको ड्यालसमा नेपाल सरकारको दूताबास कार्यालय स्थापना गर्ने सन्दर्भमा एक मत रहेको छ । नेपाली समुदायको भावनाको सम्मान गर्दै प्रवासी नेपाली मन्च टेक्सास च्याप्टरले बिगत लामो समय देखि नेपाल सरकारसँग पहल र पैरवी गर्दै आएको अध्यक्ष राजु नेपालले नेपाली खबरीलाल अनलाईनलाई बताउनु भयो ।
    प्रवासी नेपाली मन्च टेक्सास च्याप्टरले तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर ड्यालसमा दूताबास सेवा कार्यालय स्थापनाको आबश्यकता र औचित्यताको वारेमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको जनाएको छ । हामीले गत साउन ४ गते नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई कार्यालयमा नै भेटेर ज्ञापन पत्र बुझाएका थियौं । उहाँ अमेरिका भ्रमणका क्रममा गैरआवासीय नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । हामी बिगतका पहलको स्मरण र ड्यालसमा कन्सुलर अफिसको आबश्यकता र औचित्यताको वारेमा प्रवासी नेपाली मन्चको तर्फबाट भेट्ने कार्यक्रम रहेको टेक्सस च्याप्टरले जनाएको छ ।
    यसै गरि टेक्ससको ड्यालसमा कन्सुलर अफिस स्थापनाको लागि टेक्सासका रहेका नेपाली समुदायका सँस्थाहरुले पनि प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री आरजु राणालाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताईएको छ । टेक्सासका नेपाली समुदायले बिगत लामो समय देदि टेक्सासको ड्यालसमा कन्सुलर अफिसको माग गर्दै आएका छन ।
    टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापना भएमा टेक्सास लगायत आसपासमा रहेका करिब १५ राज्यमा बसोवास गर्ने नेपाली समुदाय लाभान्वित हुने नेपाली समुदायका अगुवाहरु बताउँछन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.