Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, यसरी हुँदै छ मन्त्रालय भागबण्डा

    July 14, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Warning: Trying to access array offset on value of type bool in /home/nepalikh/public_html/wp-content/themes/nkhabarilal/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं,  ३० असार – एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।

    दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।

    यसैबीच कांग्रेस र एमाले बीच प्रभावशाली मन्त्रालयमा भागबन्डा गर्ने सहमति भएको छ । अर्थ र गृह मन्त्रालय दुई दलले लिने समझदारीजस्तै मोडालिटीमा अरु प्रभावशाली मन्त्रालयको भागबन्डा गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । अन्य प्रभावशाली र बजेट भएका मन्त्रालयमा सञ्चार, परराष्ट्र, भौतिक पूर्वाधार, ऊर्जा, सहकारी विकास र पर्यटन छन् । सरकारको नेतृत्व गरेको एमालेले सञ्चार लिँदा परराष्ट्र कांग्रेसले लिनेछ । भौतिक पूर्वाधार एमालेले राख्दा कांग्रेसको भागमा ऊर्जा पर्नेछ । यी प्रभावशाली ८ मन्त्रालय कांग्रेस वा एमालेको भागमा आधा(आधा पर्ने छन् ।

    एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि महत्त्वपूर्ण र कामको चाप धेरै हुने मन्त्रालयमा दलबीच पावर शेयरिङ हुने जानकारी दिए । स्रोतका अनुसार अहिलेसम्मको मोटामोटी सहमतिमा अर्थ, सञ्चार, भौतिक पूर्वाधार, उद्योग, कानून र पर्यटन एमालेले पाउने देखिएको छ । गृह, परराष्ट्र, ऊर्जा, शहरी विकास कांग्रेसले पाउनेछ । यद्यपि मन्त्रालयको भागबन्डामा अन्तिम समझदारी भइसकेको छैन । ती नेताको अनुसार साना दल पनि सहभागी हुँदा एमालेको भागमा ८ र कांग्रेसको भागमा ९ मन्त्रालय पर्नेछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.