Close Menu
Nepali Khabarilal
    What's Hot

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    बिएन्डसीलाई अनुमति दिन सर्वोच्च अदालतको आदेश

    June 7, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Warning: Trying to access array offset on value of type bool in /home/nepalikh/public_html/wp-content/themes/nkhabarilal/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २५ जेठ – सर्वोच्च अदालतले झापाको बिएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र एमबिबिएस कार्यक्रम सञ्चालन अनुमति दिन आदेश दिएको छ । चैत १२ गते जारी गरिएको आदेशको पूर्ण पाठमा यस्तो उल्लेख छ । पूर्ण पाठ बिहीबार सार्वजनिक भएको हो । काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जारी गरिएको परमादेशमा यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनको अनुमति दिन आदेश गरेको उल्लेख छ ।

    न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली बिएन्डसीका हकमा लागु नहुने आदेशमा उल्लेख छ । भूतप्रभावी कानुनको आधारमा निवेदक संस्थालाई दण्डित गर्न नमिल्ने भन्दै आदेशमा भनिएको छ, “तोकिएको सर्त एवं मापदण्ड पूरा गरी मनसाय प्राप्त गरिसकेको विषयमा तत् बखत निर्णय नगरी वर्षौंपछि बनाउने ऐन कानुनको अन्जाम गरी नियमावली बनाई सो नियमावलीको व्यवस्थाबमोजिम निवेदक संस्थाको नवीकरण नभएको भन्न नसकिने हुँदा उक्त नियमावलीका नियम ७ को उपनियम १, ३ र ४ बमोजिम निवेदकको हकमा आकर्षित हुने देखिँदैन ।”

    एमबिबिएस कार्यक्रम सञ्चालन अनुमति नपाएपछि २०७७ असारमा सर्वोच्चमा रिट दायर भएको थियो । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट लेटर अफ इन्टेन्ट (एलओआई) पाएर पनि सञ्चालन अनुमति नपाएको भन्दै बिएन्डसीले सर्वोच्चमा रिट दायर गरेको थियो ।

    शिक्षा मन्त्रालयले २०६८ माघमा नै बिएन्डसीलाई मेडिकल कलेज सञ्चालनका लागि एलओआई प्रदान गरेको थियो । मनासायपत्र प्राप्त भई पूर्वाधारसमेत तयार भएको अवस्थामा राजनीतिक प्रतिशोधका आधारमा सञ्चालन अनुमति नदिएको जिकिर पनि रिटमा बिएन्डसीका तर्फबाट गरिएको थियो ।

    चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ (६) अनुसार सञ्चालन अनुमतिको मुख्य दाबी रिटमा गरिएको थियो ।  सरकारले एलओआई प्रदान गरेपछि मेडिकल शिक्षा अध्यापनका लागि पूर्वाधार तयार पारे पनि सञ्चालन अनुमति नपाएकाले आर्थिक क्षति भएको रिटमा दाबी गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    Demo
    Top Posts

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Don't Miss
    Diaspora

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    नेपाली खबरीलाल हल्टम सिटी, टेक्सास यस वर्षको दसैँ–तिहारको अवसर पारेर पर्वत समाज अमेरिका, टेक्सास च्याप्टरले…

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.