काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्याएको बताए ।
सांगीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको थियो । नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नाे प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । च्र्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए ।

यस्तै, च्र्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्ती श्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष नाच प्रस्तुत् गरेकी थिइन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
