Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    बिडीएको दोस्रो वार्षिक साधारण सभा मे २५ मा कोलोराडोमा हुने

    May 20, 20261 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    - 1
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    अमेरिकामा रहेका नेपाली समुदायद्वारा स्थापित सामाजिक संस्था ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को दोस्रो वार्षिक साधारण सभा आगामी मे २५, २०२६ मा कोलोराडोमा आयोजना हुने भएको छ ।

    बिडिएका अनुसार साधारण सभा कोलोराडोस्थित नेपाली घरको सभाकक्षमा आयोजना गरिनेछ । कार्यक्रममा संस्थाका केन्द्रीय कार्यसमिति, सल्लाहकार, आजीवन सदस्यहरू तथा अमेरिकाका विभिन्न राज्यमा रहेका दुई दर्जनभन्दा बढी च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

    साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका कार्यक्रम तथा योजनाहरू अनुमोदन गर्नेछ । साथै संस्थाले सञ्चालन गर्दै आएका रक्तदान तथा सामाजिक सेवासम्बन्धी अभियानका विषयमा समेत विस्तृत छलफल गरिने बताइएको छ ।

    यसैबीच बिडिएको वार्षिक साधारण सभाको अवसर पारेर बिडिए कोलोराडो च्याप्टर र International Nepali Literary Society (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा मे २४, २०२६ मा विशेष रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।

    आयोजकका अनुसार “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । बिडिएले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई अझ सशक्त बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.