Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    May 11, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस
    टेक्सस नेपाली मेडिकल एसोसिएसन (टीएनएमए) द्वारा सञ्चालित हिमालय हेल्थ क्लिनिकको सेवा विस्तार तथा पूर्वाधार विकासका लागि “फन्ड रेजिङ गाला डिनर” आयोजना हुने भएको छ।
    क्लिनिकको नियमित सेवा सञ्चालन र दीर्घकालीन विकासका लागि आगामी मे १६, शनिबार ग्रेपभाइनस्थित एम्बेसी स्वीट्समा गाला डिनर आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रम साँझ ५ः३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ ।
    क्लिनिकका कार्यकारी कार्यालय निर्देशक राज श्रेष्ठका अनुसार “फन्ड रेजिङ गाला डिनर” मा सहभागी हुन टिकट खरिद गर्नुपर्नेछ । कार्यक्रममा संकलित रकम खर्च कटाएर बाँकी बचत रकम क्लिनिकको सेवा विस्तार तथा पूर्वाधार विकासका लागि प्रयोग गरिने उनले जानकारी दिए ।
    समुदायको निरन्तर सहयोगका कारण हालसम्म क्लिनिकको सेवा सञ्चालन सम्भव भएको उल्लेख गर्दै श्रेष्ठले स्वास्थ्य सेवा विस्तार तथा स्तरोन्नतिका लागि आर्थिक स्रोत जुटाउन गाला डिनर आयोजना गरिएको बताए ।
    “सामुदायिक स्वास्थ्यका लागि हातेमालो” भन्ने नारासहित टेक्ससमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सक्रियतामा टेक्सस नेपाली मेडिकल एसोसिएसन (टीएनएमए) स्थापना गरिएको हो । उक्त संस्थाले सन् २०२० मा हिमालय हेल्थ क्लिनिक स्थापना गरेको भए पनि कोभिड महामारीका कारण सन् २०२३ मे महिनादेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।
    हरेक महिनाको पहिलो र तेस्रो आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा क्लिनिक सञ्चालन हुँदै आएको टीएनएमएले जनाएको छ ।
    हाल क्लिनिकमा चिकित्सक, दन्त चिकित्सक तथा नर्ससहित करिब २०० बढी स्वयंसेवक सक्रिय छन् । क्लिनिकमार्फत मेडिकल, दन्त तथा प्रयोगशाला सेवा तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइँदै आएको छ । टेक्ससको ड्यालस–फोर्ट वर्थ क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोबास रहेको र नेपालबाट आउने आफन्तहरूको संख्या बढेसँगै क्लिनिकमा बिरामीको चाप पनि वृद्धि हुँदै गएको बताइएको छ।
    क्लिनिक पूर्ण रूपमा निःशुल्क रूपमा सञ्चालन भएपनि मासिक कम्तीमा १० हजार अमेरिकी डलर खर्च हुने गरेको छ । चिकित्सक तथा नर्सहरूले स्वयंसेवी रूपमा सेवा प्रदान गरे पनि प्रत्येक क्लिनिक सञ्चालनमा करिब ५ हजार डलर खर्च हुने गरेको जनाइएको छ ।
    अमेरिकी मापदण्डअनुसारका औषधि, स्वास्थ्य सामग्री तथा भण्डारण व्यवस्थापनमा ठूलो खर्च हुने भएकाले सेवा निरन्तरता र विस्तारका लागि अतिरिक्त आर्थिक स्रोत आवश्यक रहेको पनि उल्लेख गरिएको छ।
    टीएनएमए स्थापना तथा हिमालय हेल्थ क्लिनिक सञ्चालनमा नेपाली समाज टेक्ससले सहयोग र सहजीकरण गरेको थियो । हिमालय हेल्थ क्लिनिकबाट स्वास्थ्य बिमा नभएका तथा आफन्त भेट्न अमेरिका आएका नेपाली आमाबुबा प्रत्यक्ष रूपमा लाभान्वित भएकाले सबै नेपाली समुदायले गाला डिनर कार्यक्रम तथा क्लिनिकलाई सक्दो सहयोग गर्न नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले आग्रह गरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य

    टेक्ससको ड्यालसमा संगीतमय रामायण महोत्सव, भक्तजनको उल्लेखनीय सहभागिता

    टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २ सय ७२ जना नेपाली लाभान्वित

    Demo
    Top Posts

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Don't Miss
    Diaspora

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन सुरु गरेको करिब…

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.