Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    May 11, 20261 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    टेक्सास (अमेरिका)
    अमेरिकाको क्यालिफोर्निया राज्यको प्रमुख शहर सानफ्रान्सिस्कोमा आइतबार भव्य रूपमा “नेपाल उत्सव” (नेपाल डे परेड) आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, भेषभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो ।
    गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया लगायत दर्जनौँ नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न शहरबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । क्यालिफोर्नियाका प्रमुख शहरहरू लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङ बिच लगायत आसपासका राज्य र शहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए।
    सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदल यात्रुका लागि खुला गरिएको थियो। विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली भेषभूषा तथा सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो। कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए।

    नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमको आकर्षण पञ्चकन्या, पञ्चेबाजा, शंखध्वनि, कुमारी, धिमे तथा लाखे नाच रहेका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य

    टेक्ससको ड्यालसमा संगीतमय रामायण महोत्सव, भक्तजनको उल्लेखनीय सहभागिता

    टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २ सय ७२ जना नेपाली लाभान्वित

    Demo
    Top Posts

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Don't Miss
    Diaspora

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन सुरु गरेको करिब…

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.