Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य

    May 5, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    वासिङ्टन डिसी (अमेरिका)
    यस बर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आईतबार अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सभाकक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नेपाली पत्रकार तथा समुदायका अगुवाहरूले लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन् ।
    अमेरिकास्थित नेपाली राजदूतावास र नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आइतबार आयोजित कार्यक्रममा वक्ताहरूले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले नै लोकतन्त्रलाई बलियो बनाउने भएकाले कुनै पनि बहानामा यसमाथि बन्देज लगाउन नहुनेमा जोड दिएका थिए ।

    कार्यक्रममा सहभागीहरूले नेपालमा पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने तथा लेख्ने पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत आक्रमण तथा मानसिक यातना दिने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर े।

    सो अवसरमा अमेरिकी मिडियाका जानकार प्रा. डा. च्याड स्टिभेन तथा नेपाली मिडियाका विश्लेषक एवं नेजाका पूर्व कार्यवाहक अध्यक्ष कृष्णप्रसाद शर्माले दुवै देशमा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थाबारे प्रस्तुति दिएका थिए ।

    अमेरिकाको मिजौरी विश्वविद्यालयका प्राध्यापक प्रा. डा. स्टिभेनले ट्रम्प प्रशासनपछि अमेरिकामा प्रेस स्वतन्त्रताको अवस्था अपेक्षाकृत सन्तोषजनक नरहेको धारणा व्यक्त गरे ।

    त्यसैगरी, कृष्णप्रसाद शर्माले नेपालमा सामाजिक सञ्जालको दुरुपयोग, फेक न्यूजको प्रभाव तथा मिडियाप्रति सरकारको अनुदारता प्रेस स्वतन्त्रताका प्रमुख चुनौतीका रूपमा रहेको बताए ।

    कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरनले दूतावासले गरिरहेका गतिविधिबारे जानकारी गराउँदै नेपालको समृद्धि र विकासमा जिम्मेवार प्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

    उनले नेपालमा नयाँ सरकारसँगै सुशासन, आर्थिक सुधार, पूर्वाधार विकास र समावेशीतातर्फ प्रयास भइरहेको उल्लेख गर्दै यी लक्ष्य हासिल गर्न नागरिक, संस्था तथा विश्वभर रहेका नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

    राजदूत आरनले स्वतन्त्र र जिम्मेवार प्रेस लोकतन्त्रको जीवनरेखा भएको उल्लेख गर्दै यसले नागरिकलाई सूचित गर्ने, संस्थाहरूलाई उत्तरदायी बनाउने तथा पारदर्शिता प्रवद्र्धन गर्ने धारणा व्यक्त गरे ।

    यस्तै, नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेलले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था सन्तोषजनक नरहेकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रयासविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

    नेपाली दूतावासका काउन्सेलर अरुणा घिसिङको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै नेजाका अध्यक्ष सुरज भण्डारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता केवल पत्रकारहरूको मात्र अधिकार नभई लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै यसको संरक्षण अपरिहार्य रहेको बताए ।

    कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट सहभागी करिब पाँच दर्जन नेपाली पत्रकार, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.