नेपाली खबरीलाल
ड्यालस, टेक्सस
यस वर्षको मगर दिवस आइतबार टेक्ससको ड्यालसमा रक्तदान कार्यक्रम आयोजना गरी मनाइएको छ। उक्त रक्तदान कार्यक्रम मगर संघ टेक्सस र ब्लड डोनर्स अफ अमेरिका टेक्ससले संयुक्त रूपमा आयोजना गरेका थिए। रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन गरिएको जानकारी बीडीए टेक्ससका अध्यक्ष सन्तोष कार्कीले दिएका छन्।
टेक्ससको युलेसस्थित पशुपतिनाथ तथा बौद्ध बिहार परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी २८ जना दातामध्ये ६ जनाले पहिलो पटक रक्तदान गरेका थिए। उक्त कार्यक्रममा कार्टर ब्लड केयरले प्राबिधिक सहयोग उपलब्ध गराएको थियो ।
मगर संघ टेक्ससले हरेक वर्ष मगर दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

