Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्ससको फोर्टवर्थमा फेब्रुअरी २८ मा होली पर्व मनाइँदै

    February 11, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    फोर्टवर्थ, टेक्सस

    पछिल्लो समय नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्ससको फोर्टवर्थमा होली पर्वको रौनक सुरु भएको छ । यहाँका नेपाली समुदायले यही फेब्रुअरी २८ शनिबारका दिन रमाइलो होली कार्यक्रम आयोजना गर्ने तयारी थालेका छन् ।

    यस वर्षको होली पर्व फागुन १८ र १९ गते (मार्च २ र ३, २०२६) परेको छ । तर अमेरिकामा सबैलाई पायक पर्ने मिति र बिदाको दिन पारेर चाडपर्व मनाउने परम्परा रहेकाले फेब्रुअरी २८ शनिबारका दिन होली मनाउन लागिएको नेपाली दिवाज फाउन्डेशनले जनाएको छ । उक्त कार्यक्रम फोर्टवर्थ नेपाली समाजसँगको सहकार्यमा आयोजना गरिएको फाउन्डेशनकी अध्यक्ष बिनिमा सुबेदीले जानकारी   दिनुभयो ।

    कार्यक्रम  West Fork Ranch Park, 2350 Angoni Way, Fort Worth, Texas 76131 मा  दिउँसो १२ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले बताएका छन् ।

    यसैबीच टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय नेपाली संस्थाहरूले सामूहिक तथा छुट्टाछुट्टै रूपमा होली पर्व मनाउने तयारी गर्दै सामाजिक सञ्जालमार्फत कार्यक्रमका ब्यानर सार्वजनिक गरिरहेका छन् ।

    फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई समय र दूरीका आधारमा पायक पर्ने गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।

    रङहरूको पर्वका रूपमा परिचित होली नेपालीहरूले परापूर्वकालदेखि हर्षोल्लासका साथ मनाउँदै आएका छन् । विदेशमा रहेका नेपाली समुदायले पनि आफ्ना मौलिक चाडपर्वलाई निरन्तरता दिँदै आएका छन् । विशेषगरी अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपाली संस्कृति र परम्पराबारे जानकारी गराउने उद्देश्यले विगतका वर्षदेखि सामूहिक रूपमा होली आयोजना गर्दै आएको फाउन्डेशनले जनाएको छ ।

    आयोजकका अनुसार रमाइलो होली कार्यक्रममा पर्वको सांस्कृतिक महत्व उजागर गर्दै होलीको शुभकामना आदानप्रदान, नाचगान, मिलन तथा सद्भावको सन्देश फैलाउने उद्देश्य राखिएको छ । बालबालिकालाई फागुपूर्णिमाको महत्वबारे जानकारी गराउँदै समुदायबीच आपसी एकता र भाइचाराको भावना अझ मजबुत बनाउने लक्ष्य लिइएको छ ।

    आयोजकले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई रंगीन तथा उल्लासमय होली उत्सव मनाउन आग्रह गरेका छन् ।

    होली फोटो ः गुगल

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.