Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    एनएसटीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा बिजय भुसाल निर्वाचित

    December 15, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस —

    नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनबाट बिजय भुसाल अध्यक्ष पदमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम तथा आधिकारिक नतिजाअनुसार अधिकांश पदाधिकारी तथा सदस्यहरू भुसाल नेतृत्वको प्यानलबाट निर्वाचित भएका हुन्।

    निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा भुसालले २ हजार ३ सय १८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी जनक भण्डारीले १ हजार ३ सय ९१ मत प्राप्त गरेका थिए। वरिष्ठ उपाध्यक्ष पदमा जीवलाल भुसाल १ हजार ७ सय ७८ मतसहित विजयी भए भने महिला उपाध्यक्ष पदमा राधिका खरालले २ हजार २ सय ९२ मत प्राप्त गर्दै जित हात पारिन्।

    उपाध्यक्ष पदमा दिलिप राई १ हजार ७ सय ५७ मतसहित निर्वाचित भए। महासचिव पदमा प्रभिश श्रेष्ठले १ हजार ९ सय ५१ मत प्राप्त गरी विजयी भएका छन्। सचिव पदमा नारायणबहादुर केसी १ हजार ८ सय ८४ मतसहित निर्वाचित भए।

    कोषाध्यक्ष पदमा प्रेम थापा (आदित्य) १ हजार ७ सय ९१ मतसहित विजयी हुँदा संयुक्त कोषाध्यक्ष पदमा कान्ती नेपालले २ हजार २ सय १७ मत प्राप्त गरी जीत दर्ता गरिन्। खेलकुद संयोजक पदमा उजित अधिकारी १ हजार ६ सय ९५ मतसहित निर्वाचित भए भने महिला संयोजक पदमा सोनी थापा (सोनीशा) १ हजार ८ सय ८५ मतसहित विजयी भइन्।

    युवा तथा विद्यार्थी संयोजक पदमा आदर्श भण्डारीले २ हजार २ मत प्राप्त गर्दै जीत हात पारे। सदस्यहरूतर्फ अर्जुन बाम, बाबुराम अर्याल, हेम भट्ट, प्रदीप पौडेल र रीना क्षेत्री निर्वाचित भएका छन्।

    विदेशमा रहेका नेपालीहरूको संस्थामध्ये सबैभन्दा व्यवस्थित र सशक्त मानिने नेपाली समाज टेक्ससको यस निर्वाचनले नेपालकै संसदीय निर्वाचनको प्रत्यक्ष झल्को दिएको मतदाताहरूले प्रतिक्रिया दिएका छन्। सामाजिक संस्थाको निर्वाचन हुँदाहुँदै पनि उम्मेदवारी दर्ता शुल्क, उम्मेदवारहरूको घोषणापत्र, प्रचार–प्रसारमा देखिएको तडक–भडक र खर्चले सबैको ध्यान तानेको थियो।

    बिहान ८ बजेदेखि बेलुकी करिब ८ बजेसम्म लाइन लागेर मतदाताहरूले प्रत्यक्ष मतदान गरेको दृश्य अत्यन्तै रोचक र उत्साहपूर्ण देखिन्थ्यो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा निर्वाचन समितिले सबै उम्मेदवार, मतदाता तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.