Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    एनएसटी निर्वाचन : जनक भण्डारी समूहद्वारा पत्रकारसँग अन्तरक्रिया

    December 2, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    आगामी डिसेम्बर १३, शनिबारका दिन हुने एनएसटी (नेपाली समाज टेक्सस) को निर्वाचन नजिकिदैँ जाँदा उम्मेदवारहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। सामाजिक सञ्जालमा मेसेन्जर समूह सक्रिय हुँदै गएका छन् भने फेसबुकमा चुनावी ब्यानर, प्रचार सामग्री र भेटघाटसम्बन्धी पोस्टहरू बढिरहेका छन्।

    यसै क्रममा व्यक्तिगत तथा सामूहिक भेटघाट कार्यक्रम पनि निरन्तर भइरहेका छन्। यस वर्षको निर्वाचनमा मुख्य रूपमा वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी समूह र वर्तमान महासचिव विजयर्‍भुसाल समूह गरी दुई प्यानल प्रतिस्पर्धामा छन्।

    आज जनक भण्डारी समूहले हॉल्टम सिटीस्थित इन्डियन किचेन को सभाकक्षमा ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।

    कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीले नेपाली समाज टेक्ससमा समुदायको आकर्षण बढाउन आफू प्रतिबद्ध रहेको बताए। आफू निर्वाचित भएमा समुदायका समस्या पहिचान गरी समुदायसँगै मिलेर समाधानमुखी काम गर्ने योजना रहेको उनले बताए।

    त्यस्तै महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले समुदायलाई प्रचारभन्दा बढी आपतकालीन सेवा र सहयोग आवश्यक भएको उल्लेख गरे।
    “हामीले काम गर्दा फेसबुकमा प्रचारमै समय खर्चिनु हुँदैन; यदि हामीले राम्रो काम गरियो भने समुदायले नै त्यसको सबभन्दा राम्रो प्रचार गर्छ,” यादवले भने।

    यादवले सक्षम र सबल समाज निर्माणमा मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै,
    “मिडिया बलियो भयो भने समुदायलाई आवश्यक र सही सूचना प्रवाह गर्न सकिन्छ, समुदाय सशक्त बन्छ,” भन्दै आफ्नो टीमले मिडियासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चण्डी भण्डारी, उपाध्यक्ष गुन्जन भण्डारी, महिला उपाध्यक्ष राधिका खराल, सचिव सुशिल बर्तौला, कोषाध्यक्ष भोला मैनालीलगायतका पदाधिकारी , सदस्यहरुले पनि आफ्नो परिचय तथा आगामी योजनाहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजिकरण तथा सन्चालन नेपाली समाज टेक्ससका पूर्ब महासचिब सन्देश उप्रेतीले गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.