Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    एनएसटी निर्वाचन : अध्यक्ष पदको दौडमा रहेका प्रवक्ता पौड्यालद्वारा स्वेच्छिक उम्मेदवारी फिर्ताको घोषणा

    November 26, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    नेपाली समाज टेक्ससको नयाँ नेतृत्व चयनका लागि सर्बाधिक चर्चामा रहेका पूर्व उपाध्यक्ष तथा वर्तमान प्रवक्ता किरण पौड्यालले अध्यक्ष पदको उम्मेदवारी स्वेच्छिक रूपमा फिर्ता लिएको घोषणा गरेका छन्।

    पौड्यालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै समाजमा देखिन थालेको विभाजनको जोखिमका कारण आफू निर्वाचन प्रतिस्पर्धाबाट बाहिरिएको स्पष्ट पारेका छन्। “यो निर्णय पराजय वा असमर्थताको कारणले होइन, समाजको एकता, मर्यादा र दीर्घकालीन हितलाई केन्द्रमा राखेर गरिएको विवेकी कदम हो,” विज्ञप्तिमा उल्लेख छ।

    समाजमा आफूले पदभन्दा कामलाई प्राथमिकता गर्दै आएको दाबी गर्दै पौड्यालले आफ्ना विभिन्न कार्यकालीन योगदानहरूको उल्लेख गरेका छन्। निर्विरोध सदस्यका रूपमा सेवा, महासचिव पद पाउने सुनिश्चितता हुँदाहुँदै सहकर्मीलाई अवसर दिने निर्णय, उपाध्यक्षका रूपमा अध्यक्षसरह सक्रिय भूमिका, तथा समाजको २५ वर्षे इतिहासमा पहिलोपटक प्रवक्ताका रूपमा अभिलेखीकरण कार्य सम्पन्न गरी ऐतिहासिक पुस्तक प्रकाशन—यी सबै कार्यहरूले समाजलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले विज्ञप्तिमार्फत बताएका छन्।

    “मैले आगामी कार्यकालका लागि अध्यक्ष पदमा तयारी गरिरहेको भए पनि समाजमा विभाजनको संकेत बढ्दै गएको देखेर स्वेच्छिक रूपमा पछि हट्नु नै उपयुक्त ठानें,” पौड्यालले विज्ञप्तिमा भनेका छन्। आफ्नो निर्णयलाई उनले भगवान श्रीकृष्णले अर्जुनको संकल्प पूरा गराउन युद्धमै रणनीतिक रूपमा पछाडि हटेको प्रसंगसँग तुलना गर्दै “समाज र जीवनमा विवेकी निर्णय नै ठूलो पराक्रम हो,” बताएका छन्।

    उनले निर्विरोध नेतृत्व चयन हुने आफ्नो पुरानो एजेन्डा अहिले पनि यथावत रहेको उल्लेख गर्दै आगामी नेतृत्व पनि सहमतिपूर्ण ढंगले चयन होस् भन्ने आशा व्यक्त गरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.