Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    चर्चित गायक दुर्गेश थापाले ड्यालस तताउने

    November 14, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    टेक्ससको ड्यालसमा चिसो मौसम सुरु भइसकेको छ। यिनै चिसो मौसममा ड्यालसका नेपाली दर्शक तथा श्रोतालाई नेपालका चर्चित गायक दुर्गेश थापाले तताउने भएका छन्। यही १५ नोभेम्बर, शनिबार, युलेसस्थित सफायर इभेन्ट हलमा आयोजना हुन लागेको लाइभ कन्सर्टमा थापाले आफ्ना दमदार प्रस्तुतीमार्फत नेपाली दर्शक तथा श्रोतालाई रोमाञ्चित बनाउन लागेका हुन्।

    बिजुली इन्टरटेन्मेन्ट, साझा इभेन्ट्स र फेम नेपालको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रममा दुर्गेश थापासँगै चर्चित कलाकारहरू राजेश पायल राई, किरण गजमेर, इन्द्र शाह, छवि राज सुनार र डीजे राईले पनि प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक आकाश अधिकारीले जानकारी दिए।

    लाइभ कन्सर्ट १५ नोभेम्बर, शनिबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका लागि प्रवेश टिकट ड्यालसका विभिन्न स्थानबाट बिक्री भइरहेको आयोजकहरूले जनाएका छन्।

    कार्यक्रममा दर्शक तथा श्रोतालाई अत्यन्तै मनपर्ने थापाका लोकप्रिय गीतहरू ‘दुश्मन हेरेको हेरै’, ‘रातो रातो खुर्सानी पिरो छ’, ‘बिचबिचमा’ लगायतका दर्जनौँ हिट गीत प्रस्तुत गरिनेछन्।

    यसअघि थापाले अमेरिकाका अस्टिन, न्युयोर्क सिटी, ह्यारिसबर्ग, पिट्सबर्ग, भर्जिनियाको मनसास, बाल्टिमोर र स्यान फ्रान्सिस्कोमा पनि सफल प्रस्तुति दिइसकेका छन्।

    आफूलाई गायकभन्दा “परफर्मर” भन्न रुचाउने थापा युवामाझ अत्यन्त लोकप्रिय छन्। उनको ऊर्जा, करिश्मा र स्टेज–प्रेजेन्सका कारण दर्शकलाई भरपूर मनोरञ्जन हुने आयोजकले विश्वास व्यक्त गरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.