Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अमेरिकाका विभिन्न राज्यमा छठ पर्व हर्षोल्लासका साथ मनाईयो

    October 30, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    टेक्सस, अमेरिका

     यस वर्षको छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा भव्य र उल्लासपूर्ण ढंगले सम्पन्न गरिएको छ। मधेसी समुदायको बाक्लो बसोबास रहेका टेक्सस, न्यूयोर्क, फ्लोरिडा, क्यालिफोर्निया, एटलान्टा लगायतका राज्यहरूमा धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा यो पर्व हर्षोल्लासका साथ मनाइएको मधेसी अगुवाहरूले जनाएका छन्।

    अमेरिकामा रहेका सार्वजनिक ताल, पोखरी र नदी किनारहरूमा मधेसी समुदायका श्रद्धालुहरूले विधिपूर्वक छठी माईको पूजा–आराधना गरेका थिए। प्रवासमा आयोजित छठ पर्वका कार्यक्रमहरूमा नेपाल सरकारका दूतावासका प्रतिनिधि, स्थानीय पत्रकार, नेपाली समुदायका विभिन्न संस्थाका पदाधिकारी तथा मधेसी समुदायका भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    न्यूयोर्कमा ‘माँ संस्था’का संस्थापक डा. विनोद साहको घरको प्राङ्गणमा विशेष पूजा कार्यक्रम सम्पन्न गरिएको थियो। उपस्थित सहभागीहरूले सूर्यदेव र छठी माईको आराधना गर्दै परिवार, समाज र विश्वमा सुख–शान्ति तथा समृद्धिको कामना गरेका थिए भन्ने जानकारी मधेसी एशोसिएसन इन अमेरिका (माँ) का अध्यक्ष मनोज सिंहले दिएका छन्।

    त्यस्तै टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका मधेसी समुदायले सोमबार डेन्टनमा छठ पर्व मनाएका थिए। डीएफडब्ल्यू छठ पूजा तथा साँस्कृतिक केन्द्रले आयोजना गरेको सो कार्यक्रममा मधेसी तथा गैरमधेसी समुदायको समेत उल्लेखनीय सहभागिता रहेको थियो। साथै टेक्ससको अस्टिनमा पनि भव्य रूपमा छठ पर्व मनाइएको छ।

    छठ पर्व सूर्य उपासना र छठी भगवतीको आराधनासँग सम्बन्धित चारदिने धार्मिक पर्व हो। यस पर्वमा महिलाहरूले व्रत बसेर पुत्र, पति र परिवारको दीर्घायु तथा कल्याणको कामना गर्दछन्। यो पर्व नहाय–खाय, खरना, संध्याअर्घ्य र बिहानको अर्घ्य गरी चार चरणमा सम्पन्न गरिन्छ।

    पञ्चमीका दिन स्नान गरी आत्मशुद्धि गर्ने चलन छ भने खरनाको दिन बेलुकी दूध, चामल र गुड मिसाएर पकाइएको खीर प्रसादका रूपमा ग्रहण गरिन्छ। षष्ठीका दिन नदी, ताल वा पोखरीका घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ र भक्तजनहरूले फलफूल, ठेकुवा, कसार अर्पण गरी सूर्यदेवको आराधना गर्छन्। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य अर्पण गरी पूजा विसर्जन गरिन्छ।

    अमेरिकाका विभिन्न राज्यमा सम्पन्न छठ पर्वका कार्यक्रमहरूले प्रवासमा रहेका नेपाली र मधेसी समुदायबीच एकता, संस्कृतिको संरक्षण र धार्मिक भावनाको साझापनलाई सुदृढ पारेको देखिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.