Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अमेरिकाको कोलोराडोमा सन्चालित राहदानी सेवा शिविरबाट ५ सय ३१ जना लाभान्वित

    October 15, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    टेक्सस (अमेरिका)
    नेपाली राजदूतावास वासिङटन डीसीद्वारा अमेरिकाको कोलोराडो राज्यमा सन्चालन गरिएको तीन दिने राहदानी सेवा शिविरबाट कुल ५ सय ३१ जना नेपाली लाभान्वित भएका छन् ।
    गत अक्टोबर १० देखि १२ तारिखसम्म सञ्चालन गरिएको शिविरमा ५ सय ५ जनाको राहदानी नविकरण र २६ जनाको एनआरएन कार्ड फारम संकलन गरिएको टोली प्रमुख अरूणा घिसिङले जानकारी दिएकी छन् ।
    कोलोराडोको नेपाली सांस्कृतिक केन्द्र नेपाली घर मा सञ्चालन गरिएको उक्त शिविरमा एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटाह, ओहायो, केन्सास, न्यूमेक्सिको, भर्जिनिया र वायोमिङलगायतका विभिन्न राज्यबाट नेपाली सेवाग्राहीहरूले सेवा लिएका दूतावासले जनाएको छ ।
    हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजनमा, नेपाली घरको अगुवाइ र एनआरएन कोलोराडो च्याप्टर तथा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालको सक्रिय सहभागितामा शिविरको व्यवस्थापन गरिएको थियो ।
    नेपाली राजदूतावास वासिङटन डीसीबाट आएका कूटनीतिक स्टाफ अरूणा घिसिङ, सोना खडारी, यज्ञप्रसाद रेग्मी र टेक्सास काउन्सिल अफिसकी हरिमया अधिकारीसहितको चार सदस्यीय टोलीले सेवा प्रदान गरेको थियो ।
    शिविरमा ९३ वर्षीया जेष्ठ नागरिक रत्नमया खड्का र १० वर्षमुनिका दुई दर्जन बालबालिकासहित सयौं सेवाग्राहीले सेवा लिएका थिए। नेपाली घरका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंका अनुसार करिब ४ सय सेवाग्राहीले अग्रिम अनलाइन फारम भरेर समय निर्धारण गरेका थिए भने बाँकीले स्थलमै प्रक्रिया पूरा गरेका थिए ।
    कार्यक्रमको समापन समारोहमा नेपाली घरका अध्यक्ष बसन्त लम्साल र हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपाली समुदायको एकता, सहकार्य र आस्थाको केन्द्र नेपाली घर मा यस्तो महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरे ।
    त्यसैगरी टोली प्रमुख अरूणा घिसिङले राजदूतावास, आयोजक संस्था, स्वयंसेवी र समुदायको सक्रिय सहकार्यका कारण सेवा शिविर सहज र प्रभावकारी रूपमा सम्पन्न भएको बताइन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.